बुद्ध जयन्तीमा बौद्ध यस्तो देखियो (फोटो फिचर)

सार्की शेर्पा

२०७५ बैशाख १७, सोमबार


काठमाडौं (शेर्पाखबर) । २५६२ औं बुद्ध जयन्तीमा राजधानीको बौद्ध क्षेत्रमा बौद्धमार्गीहरुको भिड देखिएको छ । पूजा, प्रार्थनाका लागि बौद्धमार्गीहरुको विहानैदेखि भिड देखिएको हो । त्यस्तै, जयन्तीकै अवसरमा रक्तदान, पूजा कार्यक्रम, प्रार्थना लगायत कार्यक्रम आयोजना गरेका छन् । 
बौद्ध क्षेत्रमा श्रद्धालुहरुको भिड र घुम्नेहरुसँगै मगन्तेहरुको संख्यापनि बढेको भेटिन्छ । पशुपति क्षेत्रमा मगन्ते निषेधित बनाएपछि त्यसको प्रत्यक्ष प्रभाव बौद्ध क्षेत्रमा परेको हो । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध पूरै घुम्ने ठाउँमा मगन्तेहरु भेटिन्छन् । यसले यस क्षेत्रको सौन्दर्यता कायम राख्न र सरसफाईमा समेत असर पुगेको सरोकारवालाहरुको गुनासो छ । 


 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho