नमुना बौद्ध ध्यान केन्द्रको हिन्दु विधिबाट शिलान्यास

शेर्पाखबर

२०७५ बैशाख १७, सोमबार


काठमाडौं (शेर्पाखबर) । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी अन्तर्रा्ष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको विधिवत रुपमा शिल्यान्याश गरेकी छन् । बौद्ध ध्यान केन्द्र भनिएपनि हिन्दु विधिबाट केन्द्रको शिलान्यास गरिएको छ । 
पण्डितहरुद्धारा मन्त्रजप गरी केन्द्रको शिलान्यास गरिएको जनाएको छ । लुम्बिनीमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओली, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल लगायतको उपस्थिति रहेको थियो । 
उक्त अन्तर्रा्ष्ट्रिय केन्द्र आगामी दुई वर्ष्भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ । सरकारले उक्त केन्द्र तथा सभा भवनको भव्य आर्किटेक्ट तस्विर (नक्सा) समेत सार्वजनिक गरेको छ । नक्सा निकै भव्य देखिन्छ । भवन लुम्बिनी विकास कोषले निर्माण गर्दैछ । 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho