बुद्धले देखाएको बाटोमा अघि बढौंः अध्यक्ष राणा

लाक्पा जी शेर्पा

२०७५ बैशाख १७, सोमबार


काठमाडौं (शेर्पाखबर) । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराणाले बुद्धले देखाएको अग्रसर हुन आह्वान गरेको छ । २५६२ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै अध्यक्ष राणाले पञ्चशीलको अनुसरन गर्न आह्वान गरेको हो ।
शुभकामना सन्देशमा अध्यक्ष राणाले बुद्ध जन्मभूमि नेपालमा शान्ति, अहिंसा, सद्भाव र एकताको पथमा लाग्न सबैले प्रेरणा लिनुपर्ने बताए । त्यस्तै, अध्यक्ष राणाले मुलुक संविधान निर्माण गरी राजनैतिक संक्रमण अन्त्य भएकाले अब समृद्धीतर्फ उन्मूख हुनुपर्नेमा जोड दिए । बुद्ध जन्म थलोबारे वेलावेलामा हुने अनावश्यक विवादलाई निरुपान गर्नका लागि लुम्बिनीलाई अझ अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । आफ्नो शुभकामना सन्देशम अध्यक्ष राणाले ‘नेपाली–नेपालीवीच भाइचारा, सद्भाव र धार्मिक सहिणुता र सनातन धर्मको संरक्षणका लागि बुद्धको सन्देशले थप प्रेरणा लिनुपर्दछ ।’ 
राप्रपा सदैव राष्ट्रवाद, उदरवाद, प्रजातन्त्रको पक्षमा कटिबद्ध रहेको बताउँदै अध्यक्ष राणाले भने ‘मुलुकको समृद्धीका लागि पार्टी सँधै लागि पर्नेछ ।’
बुद्धको मार्गमा हिंड्नको लागि प्राणीहिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा नदिएको नलिने, झुठो कुरा नबोल्ने र आफ्नो पतिरपत्नी बाहेक अरुसंग नलाग्ने (भिक्षुहरुले चाहिं कोहीसंग पनि व्यभिचार नगर्ने) प्रण गर्ने गरिन्छ। पञ्चशीलको चाखलाग्दो र अनौठो कुरा के छ भने यस पाठमा कुनै पनि ठाउँमा आफ्नो पुरानो धर्म त्याग्ने वा अरु धर्म छोड्ने विधि लेखिएको छैन । साथै, यी नियमहरु पालना नगरेमा ईश्वर वा कुनै भौतिक शक्तिद्वारा दण्डित गर्ने (वा नर्कमा जाने) पनि उल्लेख गरिएको छैन । धर्म पालना नितान्त व्यक्तिगत रुपमा छोडिएको छ । बुद्ध धर्म फैलिएका ठाउँमा बुद्ध धर्म भन्दा पहिलेका विश्वासहरुलाई पनि देख्न सकिन्छ । तिब्बती बौद्ध धर्ममा बोन संस्कृति, दक्षिण तथा दक्षिण पूर्वी एसियाली बुद्ध धर्ममा हिन्दू संस्कृति, जापानमा शिन्तो, चीनमा ताओ र कन्फ्युसियस संस्कृति बुद्ध धर्म संगै गांसिएको देखिन्छ । यसो हुनुमा पञ्चशीलको उदारता एउटा कारण हो । 
यसैको आधारमा विश्वभर विशेष गरी नेपालमा बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho