नेपाललाई बुद्ध राज्य घोषणा गरियोस्ः आङकाजी शेर्पा

शेर्पाखबर

२०७५ बैशाख १६, आईतबार

0 0


काठमाडौं (शेर्पाखबर) । बुद्ध जन्मभूमि लम्बिनी पुगेका आङकाजी शेर्पा किसानले नेपाललाई नेपाललाई बुद्ध राज्य घोषणा गर्न माघ गरेका छन् । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शेर्पाले २५६२ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीबाट यस्तो माग अघि सारेका हुन् । ‘पवित्र जन्मभूमि नेपाललाई बुद्ध राज्य घोषणा गरियोस् ।’ शेर्पाले छोटो भिडियासहित आफ्नो फेसबुकमा लेखेका छन् ‘बुद्ध जयन्तीमा ३ दिन विदा दिइयोस् ।’
आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका शेर्पाले अन्तराष्ट्रिय बौद्ध विश्व विद्यालयलाई बार्षिक एक अर्ब सरकारबाट अनुदानको व्यवस्था गर्न समेत माग गरेका छन् । त्यस्तै, सेना, प्रहरी र सरकारी कार्यालयहरूमा बुद्धको मूर्ति अनिवार्य राख्ने व्यवस्था हुनुपर्नेपनि शेर्पाको माग छ । उनले सैनिक र प्रहरी क्याम्पमा लामा गुरू राखेर बुद्धिस्ट सेनालाई पूजा गर्ने अधिकार प्रदान प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । गुम्बा शिक्षालाई औपचारिक शिक्षा सरह मान्यता प्रदान गर्नुपर्ने बताउँदै नेता शेर्पाले यसबाट मात्रै बुद्धको सम्मान हुने विश्वास व्यक्त गरे । गौतम बुद्ध कुन संप्रदायको भन्दा पनि उनी महामानव हुन भन्ने नेता शेर्पाको तर्क छ । 
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा भइरहेको बेला शेर्पाले आफ्नो धारणहरु सार्वजनिक गरिरहँदा बौद्धमार्गीहरुको ठूलो  संख्याले सामाजिक सञ्जालमा उनको पक्षमा मत जाहेर गरेका छन् । उनी सामाजिक सञ्जालमा लोकप्रिय नेताको रुपमा समेत चिनिन्छ ।