८ बर्षदेखि गाउँदै ‘पेम्वा छोटी शेर्पा’

लाक्पा जी शेर्पा

२०७५ बैशाख १६, आईतबार

‘सरलाई सरलै अक्षर लेख्नु तामाको नारायण पैसामा’

‘सरलाई सरलै अक्षर लेख्नु तामाको नारायण पैसामा’
पेम्वा छोटी शेर्पा गोली–८, गुम्बाटोल, सोलुखुम्बुमा जन्मिइन् । हिमाली जिल्लाको विकट भूगोलमा जन्मिएपनि उनीभित्रको प्रतिभालाई विकटताले छेकेन । गा्रमिण जीवनशैलीसँगै वितेका उनका वाल्यकाल सुखद्मय बन्यो ‘जव उनीमा एक अद्भूत प्रतिभा देखियो !’ सुरिलो स्वर, रुपवाली पेम्वा छोटी सानै देखि गुनगुनाउँथिइन् । उनी ८ बर्षकी हुँदा विद्यालयमा आयोजना हुने प्रतियोगितामा सहभागि भए र गायर पुरस्कार नै हात पारिन् । चौलाखर्क उमावि गोलीमा भएको जिल्ला स्तरीय गायन प्रतियोगितामा द्धितीय स्थान हासिल गर्न सफल भएपछि पेम्वा छोटीको गायन यात्राले औपचारिकता पायो । 
सानी बालिकाले गाएर सवैलाई चकित पार्थिन् । उनको स्वर सुन्न धौतरीहरु झुमिन्थे । सायदै सानोमा गाउँमै बसेकी भए पेम्बा छोटी बजार, मेलापातमा भेला भएकाहरुसँगै रमाइरहेका हुन्थिन । विवाह कार्यक्रममा उनको उपस्थितीमा कार्यक्रमहरु रमाइलो हुन्थ्यो होलान् । गाउँमा दशमी पूजा हुन्थ्यो त्यहाँपनि पेम्वा छोटीले गाउँथी । त्यस्तै, डुम्जी, तिहार, संक्रान्ति पूजामा पनि दुनियाँलाई नचाउन सक्थी । ८ बर्ष हुँदा गाएर पदक पाउँदाको गीत उनको मनसपटलमा अहिलेपनि ताजै छ । 
‘सरलाई सरलै अक्षर लेख्नु तामाको नारायाण पैसामा
कि मरी जानू बालकै, कालमा नमर्नू नारायण वैसामा’

यसरी चौतर्फी उनकै चर्चा थियो । सानैदेखि गाउने, गीत संगीत सुन्न रुचाउने पेम्वा छोटी गाउने रहरसँगै सुरिलो, मिठो स्वरलाई सबैले मन पराएर तारिफ गर्न थालेपछि झनै फुरुङ्ग हुन्थिन् र गाउँने कर्मलाई थप निरन्तरता दिइन । 
तर, पेम्वा छोटीलाई अध्ययनको शिलशिलामा राजधानी आउने अवसर मिल्यो । कन्या स्कूल लैनचौरमा भर्ना भएर उनले कक्षा ५–१० सम्म पढिन् । विद्यालयमा संगीत शिक्षकको पनि व्यवस्था थियो तर विषयगत रुपमा भने पढाउने व्यवस्था थिएन । संगीत शिक्षकसँग उनले विद्यालय समय भन्दा अतिरिक्त समयमा संगीत सिकिन् । सम्भादेव सापकोटा उनकी पहिलो संगीत गूरु हुन् । सम्भादेव शिर्ष तवलावादक समेत थिए । ८ कक्षासम्म उनले संगीत सिकिन् । 

Image may contain: 1 person, standing, drink and outdoor
संगीत सिक्न उनी विहानै साइकलमा विद्यालय जान्थिइन् । निक्कै कष्ट साथ उनले संगीत शिक्षा हासिल गर्दै गायिन् । बरिष्ठ संगितकार शिलाबहादुर मोक्तानसँगपनि पेम्वा छोटीले त्यसपछि संगीत शिक्षा लिइन् । पढाई र संगीत शिक्षा लिँदालिँदै पेम्बा छोटी ‘स्पेन’ जानूपर्ने बाध्यता आइपर्यो । १८ महिना उतै बसेपछि फेरि नेपाल फर्किन् । र, गन्धर्व संगीत पाठशालामा चन्दन श्रेष्ठसँग संगीतका थप शिक्षा हासिल गर्नतर्फ लागिन् भने सँगैसँगै उनले उच्च शिक्षापनि हासिल गरिन् । 
२०५३ मा कन्याबाट प्रवेशीका हासिल गरेका पेम्बा छोटीले पिपुल्स कलेजबाट उच्च शिक्षा पूरा गरिन् । उनले पढाईसँगै संगीतकलालाई पनि निरन्तरता दिइन् । ८ कक्षा पढ्दापढ्दै एल्बममा गीत आउने मौका पाइन् । विशेष गरी शेर्पा भाषामा गीत गाउन रुचाउने पेम्वा छोटीले त्यसताका गाएका गीत ‘गाजिक लासुङ हारिङ ङाला’ हो । उबेलै उनले अन्य थुप्रै गीतहरुपनि गाए ‘युगल र एकल’ ।
त्यस्तै, रेडियो नेपालको फूलबारी कार्यक्रममा पनि शेर्पा गीत गाइन् । रेडियोको विस्तार नभएको त्यस समयमा रेडियो नेपाल सारले सुन्थेँ र त्यहीवेलादेखि नै पेम्वा छोटीको गायकी कलाले राष्ट्रिय रुपमा चर्चा पाएका थिए । भाषिक समस्या, पहुँच आदिले गायन यात्रालाई अबरोध पार्न नखोजेका भने होइनन तर पनि उनी हिम्मतवाली थिइन र गाएरै छाडिन् ।
त्यसताका राष्ट्रिय मिडियामा गाउने उनी नै पहिलो थिइन् त्यसैलाई आधार मान्दै उनैलाई ‘पहिलो शेर्पा गायिका’ ले संवोधन गर्दा सायदै अतिशयूक्ति नहोला  । संगीत कर्ममा लागेका पेम्वा छोटीको संगीतयात्रामा उत्तरचढाप पनि उस्तै छ । संगीतबाट आर्थिक रुपमा सवाल हुन नसकेपनि समाजमा चिनिएका छन्, गनिएका छन् । राज्यमा दरिलो कानून निर्माण नहुँदा काल क्षेत्रले अपेक्षित विकास हासिल गर्न सकेको छैन । त्यसैको चेपुवामा पेम्वा छोटीपनि परेकी छन् ।
संगीत क्षेत्रमा केही गर्छु भनेर लागि परेकी उनी यही क्षेत्रमा भविष्य नदेखेपछि स्पेनतिर लाग्न वाध्य भइन् । अहिले उनी उतै बस्छिन्, उतै गाउँछिन । उनीमा नेपालीपन, आफ्नोपन र माटो प्रतिको मायामा भने कुनै कमि आएको छैन । उनी उतैपनि गाउँछिन्, विभिन्न स्टेज कार्यक्रममा उक्लन्छिन् । उनको यतिवेला उतै वाहीवाही छ, यताकाले पनि उत्तिकै सम्झिरहेकै छन् । 

Image may contain: 1 person
पेम्बा छोटीले यतिवेलासम्म ३ वटा शेर्पा र ३ वटा नेपाली गीति एल्बम ल्याईसकेका छन् । शेर्पा भाषामा जेन्दीताङ नादिङ्ग लु, दाक्पी श्यार्वी लु, श्यार्वी लु रहेका छन् भने कच्चा चोला, सेलो, अल्लारे जोवन र हाम्रो नादिङ भाका एल्बम बजारमा छन् । उनका सवै गीत सर्वाधिक रुचाएका छन् । स्टुडियो वाहेक यतिवेला पेम्बा छोटीलाई स्टेजमा धेर देख्न पाइन्छ । युरोपका विभिन्न मुलुक, इजरायल, मलेसिया लगायतका देशमा आयोजना हुने प्रायः कार्यक्रममा उनको उपस्थिती देखिन्छ । यतिसम्मकी उनको उपस्थिती विनाको स्टेज कार्यक्रम नै खल्लो हुन्छ । दर्शक, स्रोता पेम्बा छोटीको गायकी कलामा नतमस्तक छिन् । सामाजिक सञ्जालको विकाससँगै उनका गीतहरु यूट्यूवमा पनि सर्वाधिक हेरिने गरेको तथ्य छर्लांगै छँदैछ । यसबाट उनको गायकीकलाको सम्मान र लोकप्रियता चुलिएको प्रमाणित नै हुन्छ । 
यतिवेलासम्म आइपुग्दा पेम्बा छोटीले सय भन्दा बढी गीत आएका छन् भने म्यूजिक भिडियोमा मोडलिङमा पनि उत्तिकै अब्बल छिन् । परिवार संगीत पृष्ठभूमिको नभएपनि पेम्बा छाटीले जोरजवरजस्त यस क्षेत्रमा पाइला चालिन र सफलता हात पार्दै गइन् । 
२६ बर्षसम्म संगीत यात्रामा शयर गर्दै गर्दा पेम्बा छोटी विगत सम्झिन्छन्, सामाजिक वनोटबारे चिन्तन गर्छन । समुदायको भविष्य बारे चिन्तित् हुन्छन् । संगीतमा समुदायले ठोस रुपमा योजना बनाउन नसकेको प्रति उनको गुनासो छ । ‘हुनत राज्य नै कला क्षेत्रको पक्षपाती हुन नसकेपछि समुदायपनि उस्तै तवारले अघि बढ्नु अनौठो होइन ।’ उनी यसो भन्दै चित्त बुझाउँछिन् ।  समुदायले संगीतलाई देखावटी प्रेम गरिरहेको भन्ने पेम्बा छोटीको बुझाई छ । संगीत क्षेत्र र कलाकारलाई समुदायले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने उनको धारण छ । ‘राम्रो गाएछ्यौं भन्छन, सहानुभूति देखाउँछन् तर एल्बम किन्न हिचकिचाउँछन् ।’ पेम्बा छोटीको दुःखेसो यसैमापनि छ । 
मिडिया रंगवादी भएकाले आफूहरुको प्रतिभाले सम्मान नपाएकोपनि गुनासो छ । राम्रो गीत गाएपनि, राम्रो अभिनय भएपनि ‘मूलधारका भनिएका’ मिडियाले स्थान नदिँनाले खास उपलब्धि हासिल गर्न नसकेको छैन ।
पेम्वा छोटीको अर्को विशेषता आफ्नो भेषभूषाको सम्मान गर्नु हो । उनी ‘स्टेज’ कार्यक्रममा होस या एल्बमको कभरमै किन नहोस् शेर्पा पहिरनमै प्रस्तुत हुन्छन् । शेर्पा मौलिक संस्कृती झल्कने गरी प्रस्तुत भएकै कारणले पनि उनको लोकप्रियता चुलिँदो छँदैछ । उनी आफ्नो भाषा, संस्कार, संस्कृती, लिपी, भेषभूषाको संरक्षण सम्बद्र्धन गर्नुपर्छ भनेर आह्वान गर्छिन । चर्चा कमाउने नाममा संस्कृती वेच्नु अपराध ठान्छन् । 
पेम्बा छोटी गाएर, मोडलिङ गरेर चर्चा कमाएकी नामी कलाकार हुन् । उनलाई यहाँसम्म आइपुग्न परिवारकै ठूलो हात छ त्यसमापनि उनको श्रीमानले पूरै सहयोग गरेका छन् । पारिवारिक वातावरणसँगै कलाकारितालाईपनि सँगै अघि बढाउनका लागि परिवारको भूमिका सकारात्मक भएमात्रै संभव हुन्छ भन्ने यसपछि पेम्बा छोटीले बुझिन् । 

Image may contain: 2 people, people smiling, people sitting and outdoor
पछिल्लो समय संगीत बजारमा शेर्पा युवाहरु देखिएपनि नारीहरु खास रुपमा नआएको तर्फ पेम्बा छोटीको ध्यानाकृष्ट भएको छ । संगीत कर्मलाई पेशा भन्दापनि कलादेखाउने माध्यमको रुपमा विकास गर्दै महिलाहरुपनि यस क्षेत्रमा आउनुपर्ने उनी सुझाउँछिन् । धैर्यता, क्षमता र घुलमिल हुन सक्ने अवस्थाले मात्रै संगीत क्षेत्रमा सफल हुन सक्ने बताउँछिन् । 
यतिवेला पहिचानको आन्दोलन चरमसिमामा पुगेको बेला गायिका पेम्बा छोटीले पनि आफ्नो धारण बनाएकी छन् । पहिचानको पक्षमा वकालत गर्दै गाउने वानी नै परिसकेका पेम्बा छोटी नेताहरुलाई कुरा भन्दापनि काम गरेर देखाउनुपर्ने सुझाउँछिन् । आफ्नोपनको रक्षा गर्न सवैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उनको सुझाव छ । 
बहुप्रतिभावन पेम्बा छोटीको अर्को लुकेको पाटोपनि छ । सायदै उनी खेलाडीपनि हुन भन्दा धेरैलाई आश्चार्य लाग्न सक्छ । उनी भलिबलको ‘नामूद’ खेलाडीपनि हुन । उनले विभिन्न प्रतियोगिता जितेको इतिहास छ । कक्षा ८ मै पढ्दा विरन्द्रशील प्रतियोगिता २०५१ मा प्रथम र बागमती अञ्चलस्तरीय प्रतियोगिता– २०५३ मा द्धितीय स्थान हासिल गरिन् । त्यस्तै, क्याम्पसस्तरीय प्रतियोगिताहरु थुप्रै उपाधीहरु जिते भने राष्ट्रिय खेलाडीको रुपमा प्रशिक्षित भए । राष्ट्रिय खेलाडीको रुपमा मान्यता प्राप्त गर्न भारतमा अन्तिम प्रशिक्षण लिन पारिवारिक कारणले जान सकिनन् । यससँगै उनको खेल यात्रापनि रोकियो । तर, अहिलेपनि उनमा खेलप्रति उत्तिकै प्रेम छ । नेपाल आएको मौकामा उनी गाउँ पुगे त्यहाँपनि भलिबल खेले र आफ्नो खेल जीवनको स्मरण गरिन् । 
पेम्बा छोटी गाउँमा युवाहरु बस्न छाडेको भन्दै चिन्तीन छिन् । शिक्षा क्षेत्रमा समुदायको विकास तिब्र भएको प्रति भने सकारात्मक छिन् । शेर्पा समुदाय विलासिलताको जीवन विताइरहेको बताउँदै पेम्बा छोटी शेर्पा यसलाई सुधार्नुपर्ने सुझाउँछन् । उनका अनेक सकारात्मक योजनाहरु छन्, उस्तै भावनापनि । उनको बाँकी सपनाहरु सकारात्मक तवारले सफल बनाउन समुदायको सहयोगको खाँचो छ । कलाकारिताकी कालजायी पेम्बा छोटीको हर क्षेत्रमा अझ प्रगतीको कामना !

‘सरलाई सरलै अक्षर लेख्नु तामाको नारायण पैसामा’

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho