कम्युनिष्ट नेता नविनाको शरीरमा ‘आधा किलो सुन !’

शेर्पाखबर

२०७५ बैशाख १५, शनिबार

1 0


काठमाडौं । एमाले निकट अनेरास्ववियुकी अध्यक्ष एवम् सांसद नवीना लामाले धुमधामका साथ नेपाली सेनाको जंगी अड्डाभित्र विवाह र भोज दिएर सम्पन्न गरेकी छिन् ।

उनको विवाह त सम्पन्न भयो तर, उनले विवाहको आन्तरिक कार्यक्रममा शरीरले धान्नै नसक्ने गरेर लगाएको झण्डै आधा किलो सुनका गहनाको चर्चा हुन थालेको छ । एमालेका केही नेताहरूले सामाजिक सञ्जालमा लामाले लगाएको गहनाको तस्बिर पोस्ट गरेर ‘हुने ले त लाउने हो’ भनेर आलोचना गरेका छन् ।

विवाहको बधाइ दिने समारोहमा साधारण दुलहीको पहिरनमा रहेकी लामाले गहना भने लगाएकी थिइनन् । तर, उनले विवाहको आन्तरिक कार्यक्रममा ढपक्कै सुनका गहनाले भरिएकी थिइन् । उनको यो कार्यको ढोँगी भन्दै आलोचना भएको छ ।

एमालेकी सांसद लामाले लगाएको गहनाको तस्बिर लिक भएको छ । एमाले अखिलकै एक नेताले लामाले शरीर ढाक्ने गरेर लगाएको गहनाको तस्बिर सामाजिक सञ्जालमा राखेर सबैलाई चकित तुल्याइ दिएका छन् ।

विवाहमा साधारण खानेकुरा खुवाएको तथा विवाह खर्च जोगाएर एकलाख मिर्गौला रोगीलाई दिएको भनेर सस्तो लोप्रियता कमाएकी एमाले नेतृ लामाको यो कार्यको एमालेकै नेताहरूले आलोचना गरेका छन् ।

साधारण भनिएको लामाको विवादहमा ३ हजारभन्दा धेरै पाहुनालाई बोलाइएको थियो । पाहुनालाई मिठाइ, समुसा, तरिकारीसहितका विभिन्न परिकारहरू खुवाएको थियो । लामाले सैनिक मुख्यालयमा विवाहको कार्यक्रम राखेकोमा पनि आलोचना भएको छ ।