नेपालमा बुद्ध जयन्ती मनाउने परम्परा

प्रताप खत्री

२०७५ बैशाख १५, शनिबार


भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्ती मनाउने धेरै समयदेखि चलिआएको परम्परा हो । सम्राट अशोकपछि धेरै श्रद्धालु लुम्बिनी बुद्धस्थल यात्रा गरे । सुइ चिन चु पाँचौं शताब्दीमा फाहियान र सातौं शताब्दीमा ह्वानसांगजस्ता चिनियाँ बौद्ध यात्रीहरूले तिर्थाटन गरेका थिए । यसरी नै १२ औं शताब्दीमा पश्चिमका रिपू मल्लले लुम्बिनीको तिर्थाटन गरेका थिए । 
भगवान् बुद्धको जन्मस्थलमा अज्ञातवश केही शताब्दी गतिविधि भएन । इ।सं। १८९३ मा मेजर जसकरण सिंहले अशोक स्तम्भ रहेको जानकारी लिए । सन् १८९६ डिसेम्बर १ तारिखको दिन भगवान् जन्मस्थल लुम्बिनी पुनः पत्ता लगाइयो । लखनउ सङ्ग्रहालयका प्रमुख जर्मन नागरिक एनटन फुहररले तत्कालीन नेपालको पश्चिमाञ्चलका कमाण्डर जनरल खड्ग शमशेरको सहयोगमा जमिनमुनि शिर दबेर रहेको अशोकको शिलास्तम्भ पत्ता लगाए । यसपछि उक्त स्तम्भ विश्वभर प्रचारप्रसार गराउने श्रेय जनरल खड्ग र एनटन फुहररलाई जान्छ । 
इ।सं। १८९६ पछि अनेक कठिनाइ मोलेर भए पनि भारत, बर्मा, श्रीलङ्काबाट बौद्ध भिक्षु विद्वान्हरू आएर तिर्थाटन र सोधकार्य गरी पुराताìिवक अन्वेषण भएका थिए । भारतीय पुरातìवविद्हरूबाट पुराताìिवक अन्वेषण, उत्खनन् इत्यादि भएर भग्नावशेष निकालियो । 
यसपछि श्री ३ जुद्धशमशेरको कार्यकाल ९वि।सं। १९८९–२००२० मा जनरल केशरशमशेर जं।ब। राणा ९ई।सं। १९३२–१९३९० ले विकास, निर्माण, अन्वेषण, उत्खनन गरेको देखिन्छ । 
वि।सं। २००७ मा प्रजातन्त्र स्थापनापछि सुब्बा गजेन्द्रराज देवकोटा बुटवल–भैरहवा बजारको अड्डासहितका पाल्ही माझखण्डका सम्पूर्ण इलाकाका हाकिम भएर गएपछि उनले लुम्बिनी महìव बुझी नेपाल सरकारसित त्यस्तो ठाउँको विकास निर्माण कार्य गर्नुपर्छ भन्ने भावनाको जागरण गराएका प्रमाण पाइएको छ । उनले त्यस बेलाका सरोकारवालाहरूलाई लेखेको पत्रहरूबाट यस्तो जानकारी प्राप्त हुन आउँछ । 
सुब्बा गजेन्द्रका पुत्र चैतन्य राज देवकोटाले गत २०७२ एउटा स्मृति ग्रन्थ प्रकाशन गरेका छन् । ९उत्प्रेक्षा, उत्स्मय प्रतिबोध ‘बुबा’० शतवार्षिक उपसङ्ग्रहको रूपमा प्रकाशित उक्त पुस्तकबाट बुबाले गरेका लुम्बिनी सम्बन्धित कामका केही कागजात अनुसूचित गरेको पाइन्छ । यसबाट धेरै कुरा अगाडि बढाउने जगाधार भएको पुष्टि गरेको अनुभूति हुन्छ । 
यसपछि नै लुम्बिनी उद्यानमा बुद्ध जयन्ती वैशाख पूर्णिमाको दिन धुमधामसँग मनाउन थालेको अभिलेखले पुष्टि गर्छ । स्थानीयहरूको चलनमा कराइ चडावा र बालकहरूको केश कर्तन गरी अशोक स्तम्भमा खौरेको रौं चढाइन्छ । काठमाडौँंमा पनि बौद्धहरू रहेका स्थानमा र जामाचोक, नागार्जुन पर्वत नमोबुद्ध, काभ्रेमा धुमधामसँग पूजाअर्चना गरी बुद्ध जयन्ती मनाइन्छ । हाल त्यहाँका पुरानो पुराताìिवक इँटाको भग्नावशेष झिकी प्रयोग गर्ने चलन बन्द गरिएको छ । अहिले तोकिएको स्थानमा मात्र मनाउन सकिन्छ । 
श्री ३ जुद्धशमशेरको कालमा स्थिरवादी बौद्धहरूले पूजा अर्चना गर्ने गतिविधि देखेर ९आडम्बरी धर्म० भनी रोक लगाइएको थियो । त्यसवापत थेरवादी भिक्षुहरूलाई मुद्दा लगाइयो र काठमाडौँको चार भञ्ज्याङ कटाइएको देखिन्छ । 
यसपछि पद्मशमशेर जबरा नेपालको श्री ३ महाराज भए । वि।सं। २००३ ९इ। १९४६० तिर श्रीलङ्काबाट भिक्षु नारद महास्थवीर नेतृत्वमा एक बौद्ध प्रतिनिधिमण्डलले नेपाली बौद्ध भिक्षुहरूलाई स्वदेश फर्की धार्मिक आस्थाअनुसार अनुमति दिन बुद्धको पूजा अर्चना गर्न पाउँ भनी आग्रह गरे । निकालिएका बौद्ध भिक्षुहरू पनि यसपछि स्वदेश फर्किए । यसपछि भिक्षु धर्मलोक महास्थवीर भिक्षु अमृतानन्द, भिक्षु प्रज्ञानन्द महास्थवीर धर्मावती गुरुमा इत्यादिले विश्व सामु भगवान् बुद्ध नै शान्तिका लागि अग्रदूत हुनुहुन्छ भनेर बौद्ध सन्देशहरू प्रवाह गरिरहनु भएको पाइन्छ । जसलाई विश्वभरि स्वागत गरिएको छ । 
जुद्धशमशेरबाट देश निकालिएका भिक्षुहरू कोही कुशीनगर, कोही सारनाथ र बोधगया गएर बुद्ध जयन्ती मनाउँथे । मणिहर्ष ज्योति ९कंसाकार० कलकत्ता, सिकिम, भुटान र तिब्बतमा गएर व्यापार आयात निर्यात गर्दथे । कलकत्ता पुगेर भए पनि भिक्षुहरूले बुद्धवचन, पत्रपत्रिका निकालेर वैशाख पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउँथे । कलकत्तामा नेपालका धर्मादित्य धर्माचार्यले पत्रिका निकाले र बुद्ध जयन्ती मनाउने परम्परा सुरु गरेका थिए भने वि।सं। २००७ पछि नेपालभरि बौद्ध समुदायबाट धुमधामसँग बुद्ध जयन्ती मनाउन थालियो । लुम्बिनी उद्यानमा गई धर्मावलम्बी गोष्ठी बौद्ध सभा गर्ने, मन्दिर परिक्रमा गर्ने गरिन्छ । काठमाडौँमा स्वयम्भू आनन्दकुटी विहारमा प्रत्येक दुई वर्षमा तत्कालीन श्री ५ महाराजधिराजलाई निमन्त्रणा गरी बौद्ध भिक्षुहरू र सर्वसाधारणले बुद्ध जयन्ती मनाउने परम्परा बस्यो । यसैगरी प्रत्येक बाह्र वर्षमा पनि स्वयम्भूको भुइखेलमा सम्यक पूजा गर्ने गरिन्छ । त्यसबखत तत्कालीन श्री ५ महाराजधिराजलाई निमन्त्रणा गर्नुपर्ने चलन बसाइयो । 
स्व। गजेन्द्रराज देवकोटाबाट लुम्बिनीमा सर्वप्रथम प्रारम्भ गराइएको बुद्ध जयन्ती परम्परा आज विश्व सामु उजागर भएको छ । आज उनी छैनन् तर पनि उनी र उनकी धर्मपत्नी चिनियादेवी शाक्य ९भिक्षु०का अन्तःस्करणका भावनालाई सबैले उदार मनबाट स्मरण गर्नु कर्तव्य हो । 
यसो त आजकल संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा पनि बुद्ध जयन्ती मनाउने परम्परा बसेको कुरा प्रचारमा आएको छ । बुद्ध जयन्तीको प्रकाश लुम्बिनीदेखि विश्वको साझा स्थल ९सं।रा।सं।० पुग्नु अत्यन्त गौरवमय विषय हो । तसर्थ लुम्बिनी बाग विश्वका अगाडि पुण्यमय स्थल बनेको श्रेय यसका संवाहक सबैमा दिइनु राष्ट्रको कर्तव्य ठानिन्छ । लुम्बिनीको दुरावस्था देखेर दुःखी बनेका सुब्बा गजेन्द्रराज ९उनकी प्रेरणामयी श्रीमती चिनियादेवी शाक्य भिक्षु ० र लुम्बिनीको विकासको वातावण निर्माण गर्नुहुने सं।रा।सं। संस्था सुरक्षा परिषद्का अध्यक्षता मे।ज। पद्मबहादुर खत्री, सं।रा।सं।का पूर्व महासचिव स्व। उ थान्त आदि सम्पूर्णप्रति सम्झना र सम्मान गरिनु उपयुक्त देखिन्छ । 
यस पावन अवसरमा बुद्ध जन्मभूमि नेपालको महìवपूर्ण कार्य स्मरण गर्नु उचित हुन्छ । अनुराधापुरबाट बोधी वृक्षको शाखा ल्याई आनन्दकुटी परिसरमा रोपिएको प्रसङ्ग स्मरणीय हुन आउँछ । वि।सं। २००५ मा यट्खा वहा, काठमाडौँ नारद महस्थवीरलाई जनसञ्चारबाट नागरिक अभिनन्दन तथा मानपत्र प्रदान गर्न भनी अभूतपूर्व ऐतिहासिक सार्वजनिक सभाको आयोजनामा गरिएको थियो । त्यसबेला श्री ३ महाराजका निजी सचिव दीपराज तुलाधर एम।ए।को सभापतित्वमा समारोह सञ्चालन भएको थियो । श्री ३ महाराज मोहनशमशेर जबराबाट बुद्ध जयन्तीको पावन दिन वैशाख पूर्णिमाका दिनलाई बौद्ध धर्मवलम्बी सबै सरकारी कर्मचारीहरूलाई सार्वजनिक बिदा दिइने घोषणा भयो । यो सन्देश श्री ३ महाराज मोहनशमशेरका ज्येष्ठ सुपुत्र ९तत्कालीन कमाण्डर इनचीफ० शारदा शमशेर जबराद्वारा हस्ताक्षरित पत्र पनि शुभ सन्देशको रूपमा वाचन गरियो । यसबाट जयन्ती समारोह मनाउन उपस्थित जनसामुबीच खुसीको सीमा रहेन । करतल ध्वनियुक्त ताली धेरै बेरसम्म गुञ्जिएको थियो । 
बौद्धहरूलाई सार्वजनिक बिदा दिने विषयलाई लिएर क।सं। २४९५ को वैशाख पूर्णिमाको सार्वजनिक कार्यक्रम आयोजना हुँदा भिक्षु अमृतानन्दले – ९१० वैशाख पूर्णिमाका दिन नेपालका सकल जागिरदारहरूलाई सार्वजनिक बिदा घोषणा गरिनुपर्ने 
९२० स्वयम्भू पर्वत जङ्गलमा भएका पशुपक्षी आदि प्राणीहरूको हिंसा गर्न नपाइने तथा त्यहाँ शिकार कार्य बन्द गरिनु पर्नेछ ९३० स्वयम्भूमा भएका वृक्ष काट्न नपाइने ९४० छाउनीमा तारो हान्न नपाइने भनी चार वटा प्रस्ताव प्रस्तुत गरेअनुरूप ७ जेठ २००८ मा राजा श्री ५ त्रिभुवनद्वारा वैशाख पूर्णिमाको दिन सार्वजनिक बिदाको घोषणा भयो । 
कोण्डन्य– आचार्य भिक्षु कुमार काश्यप महास्थवीर धार्मिक कोष, बुद्ध विहार, भृकुटीमण्डप, काठमाडौँं, ३१, वि।सं। २०६७ पृष्ठ १८–२० उद्धृत”
श्रीलङ्काका प्रसिद्ध बौद्ध विद्वान् डा। पियदसी महाथेरा नेपाल आउनुभएको बेला ९सन् १९९७ तिर० लुम्बिनी उद्यान र त्यहाँ रहेको लुम्बिनी अन्तर्राष्ट्रिय शोध संस्था भवन र पुस्तकालय हेरेर अत्यन्त हर्षित र प्रसन्न हुनुभयो । उहाँ बौद्ध धर्म देशना गर्न संसारको धेरै भागमा पुग्नु भएको हो । 
केही वर्ष अघिसम्म बुद्ध जयन्ती समारोह प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने गरिन्थ्योे । देशको राजनीति द्वन्द्व र अनेक कारणबाट त्यसलाई निरन्तरता दिन सकिएको छैन । निकट भविष्यमा शान्ति र प्रगतिले बाटो लिनेछ । हाल बुद्धिष्ट सर्किट रुटको पनि कुरा चलेको छ । चीन सरकारले ल्हासामा रेलमार्ग नेपालको रसुवागढी नजिक ल्याई बुद्धको जन्मस्थल लुम्बिनी जोड्ने परिकल्पना गरेको खबर प्रकाशित छन् । बुद्धको जन्मस्थल गुरु योजनाअनुसार निर्माण विकास भएमा हवाईमार्ग, स्थलमार्ग, समुद्रीमार्ग भएर विश्वभरका तीर्थालुहरू लुम्बिनी, कपिलवस्तु, रामग्राम अवलोकन गरी श्रद्धा सुमन अर्पण गर्नेछन् ।

@gorkhapatra

प्रताप खत्रीका अन्य लेख तथा रचनाहरु