राजकीय सवारी उत्तर कोरियाबाट पाठ सिकौं

शेर्पाखबर

२०७५ बैशाख १५, शनिबार


उत्तर कोरिया र दक्षिण कोरियाका राष्ट्रपतिबीच भएको ऐतिहासिक शिखर वार्ताको चर्चा जताततै छ । अमेरिकी राष्ट्रपति ट्रम्पदेखि नेपालको परराष्ट्र मन्त्रालयले समेत वार्ताको स्वागत गर्दै वक्तव्य निकालेको छ। आजको वार्ताको एउटा हाइलाइट भने उत्तर कोरियाली नेताको सवारी स्टाइलको पनि रह्यो। उनको कालो मर्सिडिज लिमोलाई हाम्रा राष्ट्रपतिलाई मोटरसाइकल र पछाडिका अरु गाडीहरुले घेरे जस्तै मान्छे बडिगार्डले घेरेका थिए। पाँच जना दायाँ, पाँच जना बायाँ। पछाडि दुई जना। सबै बडिगार्ड गाडीसँगै जगिङ गरिरहने। गजबको थियो दृश्य।
यसरी सवारी गर्ने हो भने त मान्छे पनि धेरै नलाग्ने, गाडी पनि धेरै नचाहिने हुने रहेछ। त्यो हिसाबले खर्च चाहिँ निकै बच्ने रहेछ। हेर्दा रमाइलो पनि।

लौ है, हाम्रोमा पनि यस्तै सवारी चलाउने कि! यसरी सवारी चलाए राजाको जस्तै सवारी चलाए गणतन्त्रमा पनि भनेर आलोचना पनि नहुने।

तर हाम्रोमा फेरि उत्तर कोरियाली स्टाइल मन पराउँदैनन्। नेमकिपा सरकारमा आयो भने चाहिँ यस्तो स्टाइलको सवारी चल्ला कि भन्ने आशा गर्न सकिन्छ होला।

उत्तर कोरियाली नेताको सवारी चाहिँ पहिलो राउन्डको वार्ता सकिएपछि लन्च खान उत्तर कोरियातिरै लाग्दाको थियो। लन्चपछि यसैगरी सवारी चलेको थियो वार्तास्थलमा फर्किएर आउँदा।

उत्तर कोरियाली नेताको गाडी हेर्नुभो? त्यसमा नम्बर छैन। हुनत हाम्रो राष्ट्रपतिको गाडीमा पनि नम्बर हुँदैन। सरकारको लोगो भने हुन्छ त्यसमा।
यी दुईले हात मिलाउन लागेको ठाउँको बीचमा एउटा विभाजन रेखा छ। जसको उत्तर पट्टी उत्तर कोरिया अनि दक्षिण पट्टी दक्षिण कोरिया। कोरियाली युद्ध सन् १९५३ मा रोकिएपछि यो विभाजन रेखा पार गर्ने किम जोङ उन पहिलो उत्तर कोरियाली नेता बने। त्यसपछि उनले पनि दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर तर्फको भूमिमा टेक्न आमन्त्रण गरे। रेखाको चार किलोमिटरसम्म डिमिलिटराइज्ड जोन निशस्त्र क्षेत्र बनाइएको छ। यो क्षेत्र २५० किलोमिटर लामो छ।
यसअघि सन् २००० र २००७ मा भएका दुई वटा कोरियाली वार्ता उत्तर कोरियामा भएका थिए। यस पटक भने दक्षिण कोरियामा भएको छ। निशस्त्र क्षेत्रको एउटै मात्र भाग जहाँ दुई कोरियाका सेना आमनेसामने हुन्छन्, त्यस्तो ज्वाइन्ट सेक्युरिटी एरियाको दक्षिण कोरियाली भाग रहेको पानमुन्जोममा वार्ता भएको हो।

@mysansar

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho