पर्यटक तान्न र्‍याफ्टिङ र प्याराग्लाइडिङ

२०७५ बैशाख १४, शुक्रबार


धनकुटा — पर्यटन प्रवर्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले साहसिक खेल मानिने प्याराग्लाइडिङ र र्‍याफ्टिङ एकसाथ सुरुवात गरेको छ । बुढासुब्बा प्याराग्लाइडिङ प्रालिसँगको सहकार्यमा बुधबारदेखि सुरुवात भएको हो ।

धनकुटाको तमोर नदीस्थित याक्चानाघाटदेखि मूलघाटसम्म थालिएको र्‍याफ्टिङमा सयर गर्दै पर्यटक (माथि), धनकुटा नगरपालिकाले चुलीवनबाट थालेको प्याराग्लाइडिङको परीक्षण उडान । तस्बिर : रमेशचन्द्र अधिकारी
प्याराग्लाडिङको अभ्यास उडान मौसम प्रतिकूलताले स्थगित भए पनि र्‍याफ्टिङ सफलतापूर्वक सम्पन्न भएको नगरपालिका पर्यटन शाखा प्रमुख विकास अधिकारीले बताए । धनकुटा नगरपालिका ७ स्थित चुलीवनबाट प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । यसै साता पुन: प्याराग्लाइडिङ उडान गरिने तयारी गरिएको छ । चुलीवनदेखि याक्चानासम्म उडान गरिने पर्यटन अधिकारीले बताए ।
प्याराग्लाइडिङका लागि उक्त स्थान उपयुक्त रहेको पाइलट मणि राईले जनाए । ‘उडान गर्ने र ल्यान्डिङ गर्ने उपयुक्त ठाउँ भएकाले व्यावसायिक रूप दिन सकिनेछ,’ उनले भने, ‘हामी व्यावसायिक रूपमा यसलाई अगाडि बढाउने छौं ।’ उक्त कार्यमा सहभागी बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिका प्रमुख लेखमणि जिमीका अनुसार पूर्वका पहाडी जिल्लामा पछिल्लो समय प्याराग्ल्लाइडिङले फडको मार्दै गएको छ ।

यसअघि भेडेटार, धरान, इलाम, उदयपुरलगायत जिल्लामा प्रालिले प्याराग्लाइडिङको सफल परीक्षण र कतिपय स्थानमा व्यावसायिक रूप दिइसकेको जिमीले बताए । अरुण तथा तमोर भ्याली क्षेत्रमा यसको पर्याप्त सम्भावना रहेकाले व्यावसायिक रूपमा जुट्ने उनको भनाइ छ ।
पाइलट रामप्रसाद राईले प्याराग्लाइडिङबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सहज रहेको दाबी गरे । प्याराग्लाइडिङ उडान स्थलमा रहेका नगरपालिका प्रमुख चिन्तन तामाङले अभ्यास उडानलाई नियाल्दा आसलाग्दो अवस्था पाएको बताए । यसैगरी याक्चनाघाटदेखि मूलघाटसम्म तमोर नदीमा पहिलोपटक र्‍याफ्टिङ सञ्चालन गरिएको छ । जनप्रतिनिधि, सञ्चारकर्मीसहित विभिन्न क्षेत्रमा कार्यरत व्यवसायी र्‍याफ्टिङमा सहभागी भए ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho