शिक्षक शहर केन्द्रित, ग्रामीण भेगमा अपुग

२०७५ बैशाख १४, शुक्रबार


विराटनगर — सहरका सामुदायिक विद्यालयमा शिक्षक संख्या पर्यात छ । तर विद्यार्थी छैनन् । ग्रामीण क्षेत्रमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । पहुँच र प्रभावका कारण शिक्षकहरू शहरी क्षेत्रका विद्यालयमा केन्द्रित हुँदा ग्रामिण क्षेत्रका विद्यालयले शिक्षकको अभाव खेप्नु परेको छ ।

शिक्षा नियमावलीमा एक शिक्षक बरावर ४० जना विद्यार्थी अनुपात हुनु पर्ने प्रावधान छ । तर शिक्षक सहरमुखी भएका मोरङका ग्रामिण क्षेत्रका विद्यालयमा एक शिक्षक वरावर १ सय ३५ जनासम्म र सहरका अधिकाश विद्यालयमा १ शिक्षक वरावर ४ जना विद्यार्थी रहेको पाइएको छ ।

विराटनगर महानगरपालिकाको शहीद प्राथमिक विद्यालयमा २४ जना विद्यार्थी छन् । कक्षा ५ सम्म पढाई हुने यो विद्यालयमा ६ जना शिक्षक छन् । महानगरपालिककाकै जनता नमूना उच्च माध्यमिक विद्यालयमा एक सय ६३ जना विद्यार्थीका लागि २३ जना शिक्षक छन् । नारायण प्रावि मधुमारामा ५० विद्यार्थीका लागि १२ शिक्षक र भानु आधारभूत विद्यालय सन्सारीथानमा ५० विद्यार्थीका लागि १४ जना शिक्षक छन । ६ सय ७८ जना विद्यार्थी रहेको जहदा गाउँपालिकाको सार्वजनीक माध्यमिक विद्यालयमा भने पाँचजना शिक्षकको मात्रै दरवन्दी छ । यो अनुसार प्रतिशिक्षक एक सय ३५ विद्यार्थी पर्न आउँछ ।

जबकि कानूनत: प्रतिशिक्षक ४० जना विद्यार्थी मात्रै हुनुपर्छ । यो विद्यालयको मावि तहमा एकजना पनि दरवन्दीका शिक्षक छैनन् । निमावि तहमा एकजना राहत शिक्षक छन । प्राविमा एकजना स्थायी र ३ जना राहत शिक्षक छन । विद्यालयले प्रति महिना ४ हजार तलव दिने सर्तमा ८ जना शिक्षकलाई निजी स्रोतमा राखेको छ ।

त्यहीको जनता मावि जहदामा ६ सय ५० जना विद्यार्थी छन । तर मावि तहमा एकजना पनि शिक्षक दरवन्दी छैन । उक्त विद्यालय निमाविका ३, प्राविका ४ र निजी स्रोतका ४ जना शिक्षकले धानेका छन । पहुँच भएका र राजनेताका आफन्त शिक्षकहरू सहरका विद्यालयमा केन्द्रीत हुँदा ग्रामिण क्षेत्रका विद्यालय शिक्षक विहिन भएको सार्वजनीम मावि सिसवनी जहदाका प्राचार्य अजयकुमार सिंहको भनाई छ ।

नेताका श्रीमती र आफन्त शिक्षक जती सवै महानगरपालिका भित्रका विद्यालयमा खचाखच भएका वसेका छन । महानगरका अधिकाँश विद्यालयमा दुईजनाको दरवन्दीमा ५ जनासम्म बसेका छन । सिंहले भने जिल्ला शिक्षा कार्यालयले राजनीतिक दवाव थेग्न नसक्दा पहुँच र संघ संगठनको आडमा शिक्षकहरू सहरमा थुप्रिदा ग्रामिण क्षेत्रका माध्यामिक विद्यालयहरू प्रावि तहका शिक्षकको भरथेगमा चल्दै आएका छन ।

शिक्षा कार्यालयले ग्रामिण क्षेत्रका विद्यालयमा कक्षा थप गर्ने तर शिक्षक दरबन्दी थप नगर्दा ग्रामिण क्षेत्रका विद्यालय न्यून जनशक्तिको भरमा चल्न बाध्य भएको प्रदेश १ अविभावक संघका अध्यक्ष देवी पन्थीको बुझाई छ ।

मापदण्ड अनुसार तत्काल दरबन्दी मिलान गरी कार्यक्षेत्रमा नबस्ने शिक्षकलाई कारवाहीको दायरामा नल्याउने हो भने यो समस्या झन् चर्को हुने जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीको भनाई छ । उनका अनुसार पहुँचका भरमा बजारमा रहेका शिक्षकलाई आफनो दरबन्दीमा पठाउने प्रयास भइरहेको छ ।

@kantipur

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho