‘टान’ लाङटाङ म्यराथुन स्थगित

छेल्हमु शेर्पा

२०७५ बैशाख ९, आईतबार


काठमाडौं । लाङटाङ अन्तर्राष्ट्रिय म्यराथुन प्रतियोगिता स्थगित भएको छ । आयोजक संस्था ट्रेकिङ  एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले प्राविधिक कारण देखाउँदै प्रतियोगिता स्थगित गरेको हो । अप्रिल २५ बाट म्यराथुन आयोजन गर्ने गरी टानले तयारी थालेको भएपनि अन्तिम समयमा प्रतियोगिता स्थगित गर्नु परेको महासचिव पेम्बा शेर्पाले जानकारी दिए । प्रतियोगिता सन् २०१८ भित्रै हुने समेत अध्यक्ष शेर्पाले जानकारी दिए । 
महाविनाशकारी भूकम्पले लाङटाङ क्षेत्रमा ठूलो धनजनको क्षति भएको, पथमार्गहरु ध्वस्त भएकोले त्यस्तको पुनः निर्माण र पर्यटन प्रबद्र्धनको लागिभन्दै सन् २०१६ देखि बार्षिक रुपमा ‘लाङटाङ म्यराथुन’ आयोजना गर्दै आएका थिए । वैशाख १२ गते भूकम्प गएको दिनको सम्झनामा म्यराथुन आयोजना गर्ने गरेतापनि यसबर्ष प्राविधिक कारणले आयोजना गर्न असंभव भएको मिडिया प्रमुख गोपाल श्रेष्ठले बताए । ‘पर्यटन प्रबद्र्धन गरी लाङटाङ क्षेत्रको तिव्र विकास र समृद्धीको लागि म्यराथुनले अहमभूमिका खेल्ने छ । त्यसैले छिटो भन्दा छिटो प्राविधिक समस्या सल्ट्याएर हामी प्रतियोगिता आयोजना गर्छौं ।’ महासचिव शेर्पाले भने । 
 

छेल्हमु शेर्पाका अन्य लेख तथा रचनाहरु