तिथिमा त्रुटि ‘ग्याल्पो लोसार नमानाउन शेर्पा संघको आग्रह’

ल्हाक्पा शेर्पा

२०७७ माघ १७, शनिबार


ल्हाक्पा शेर्पा
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले यसबर्षको ल्होसार नमनाउने घोषणा गरेको छ । कोरोना महामारीको जोखिम र सरकारले तिथि विगारेको भन्दै ल्होसार नमनाउने घोषणा गरेको हो ।
संघले एक विज्ञप्ति जारी गर्दै यसबर्षको ल्होसारमा सार्वजनिक कार्यक्रम आयोजना नगर्न शेर्पा समुदायलाई आह्वान गरेका छन् । शेर्पा तथा हिमाली आदिवासी समुदायको नयाँ बर्ष तथा महान चाड ग्याल्पो लोसार भोटचन्द्र पात्रो अनुसार २०७७ माघ ३० गते परेको छ । तर, सरकारले भने चैत्र १ गतेलाई २१४८ औं लाङ ल्हो अर्थात गोरु बर्षको दिन पात्रोमा उल्लेख गरेर त्रुटी गरेको हो । माघ ३० मा सोनाम लोसार समेत परेको छ । 
ग्याल्पो ल्होसार शेर्पा लगायत हिमाली आदिवासीहरुले मनाउने चाड हो । अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएका छ ‘नेपाल सरकारले ग्याल्पो ल्होसारको तिथिलाई त्रुटिपूर्ण रुपमा चैत्र १ गतेलाई तोकि दिएको छ । यसमा हाम्रो संगठन, सिंगो शेर्पा तथा हिमाली आदिवासी बौद्धमार्गीहरुको गम्भिर आपती छ । यसखाले त्रुटी पहिलो पटक भने हैन ।’
राज्यको निकायको असावधानीका कारणले बर्षेनी ल्होसार तिथि नै त्रुटीपूर्ण हुने गरेकोतर्फ आपती जनाउँदै विज्ञप्तिमा भनिएको छ ‘राज्यका निकायको संवेदनाहिन कार्यशैलीले हामीले हाम्रो संस्कृति र परम्परागत मान्यताका कार्यहरु तोकिएको मितिमा गर्न पाएका छैनौं । यसबाट समुदायमा ठूलो भ्रम समेत सिर्जना भएको र भावनामा समेत चोट पुगेको छ । राज्यको यस खाले रबैयाको विरोधमा यस पटकको ल्होसारलाई नमनाउने निधो गरेका हौं ।’ 
ल्होसार तिथिका सम्वन्धमा सम्वन्धित जाति, सम्प्रदायका प्रतिनिधीहरुको रोहबरमा निर्णय लिन राज्यका निकायलाई पटक–पटक आग्रह गर्दै ध्यानाकर्षण गराउने, ज्ञापन पत्र बुझाउने जस्ताका कार्य बर्षेनी गरेतापनि ठोस रुपमा कार्यान्वयन गर्न नचाहेको विज्ञप्तिमा उल्लेख छ । ‘यसर्थ, सम्पूर्ण बौद्धमार्गी तथा ग्याल्पो ल्होसार मान्ने समुदायमा यस पटकको ल्होसारमा सार्वजनिक कार्यक्रमहरु आयोजना नगर्न÷नगराउन यसै प्रेस नोट मार्फत आह्वान गर्दछ ।’
नेपाल शेर्पा संघले शेर्पा समुदायको वृहत्तरहित तथा पहिचानका खातिर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको ‘ल्होसार शुभकामना आदनप्रदान पनि एक हो । हामीले हाम्रो संस्कार, संस्कृति, परम्परागत मान्यताहरुलाई स्थापित र रक्षा गर्दै भावि पुस्तालाई हाम्रा मूल्यमान्यताहरुलाई सुम्पन्ने अभियानमा निरन्तर क्रियाशिल छौं ।’ आफ्नोे पहिचान रक्षाका लागि समुदायका विभिन्न सामाजिक संघसंस्था, व्यक्तिहरु मात्रै नभएर जन्मभूमि नेपाल छाडी रोजगारी तथा अवसरहरुको खोजिमा प्रवासमा रहेका नेपाली शेर्पाहरुले समेत ल्होसार लगायत पहिचान जडित कार्यक्रमहरु भव्यताका साथ मनाउँदै आएकोमा  तर यस बर्ष विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएकोले यस पटकको ल्होसार नमान्ने, नमनाउने निर्णय भएको महासचिव लाक्पा शेर्पाले जानकारी दिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho