जनगणना सम्वन्धमा शेर्पा संघले बुझायो ज्ञापन पत्र

२०७७ पौष २९, बुधबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले जनगणना २०७८ का सम्वन्धमा केन्द्रीय तथ्याङ्क विभागलाई ज्ञापन पत्र बुझाएको छ । जनगणनामा शेर्पा जातिको यर्थाथ तथ्याङ्क संकलनका लागि ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो । 
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक डुण्डीराज दाहालसहितको टोलीलाई संघका अध्यक्ष गेल्जे लामा शेर्पासहितको टोलीले ज्ञापन पत्र बुझाएको उपमहासचिव फूर्वा तेन्जीङ शेर्पाले जानकारी दिए । 
थर अनुसार टिपाएउने गरेका विवरणहरु शेर्पामा गणना हुनुपर्ने, शेर्पा वाहुल्य रहेको ठाउँमा शेर्पा नै गणक खटाउनु पर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको शिक्षा, स्वास्थ्य तथा जनसंख्याका विभागका प्रमुख तथा उपाध्यक्ष दावा शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
यसअघिका तथ्याङ्कलाई शेर्पा लगायत आदिवासी जनजातिले मिथ्याङ्क भन्दै आएको स्मरण गराउँदै ज्ञापन पत्रमा भनिएको छ ‘सबैलाई विश्वास लाग्ने गरी यर्थाथ तथ्याङ्क संकलन गरी प्रकाशन गर्न माग गर्दछ । यसो हुन सक्यो भने मात्रै मुलुक निर्माणमा सबैले आपनत्व महसुस गर्न सक्दछ ।’
हिमाली क्षेत्रको जनसंख्या छुट्टै प्रकाशन गर्न माग गर्दै संघले योजना निर्माण, कार्यान्वयनमा तथ्याङ्कको अहमभूमिका रहने र जलवायू परिवर्तन जस्ता विषयले हिमाली क्षेत्रमा अति प्रभावमा रहेकाले यसतर्फ सजग रहन भनेको अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै विभागका निर्देशक लामिछानेले अहिलेसम्म तथ्याङ्क विभागको कार्यलाई सबैले विश्वास गरेको उल्लेख गरे । ‘कतिपय अवस्थामा कमजोरीहरु भएका छन् । तपाईहरुले उठाउँनु भएजस्तै भाषिक, भौगोलिक रुपमा समस्याहरु भएका छन् । यसमा हामी यस पटक विगतमा भन्दा गम्भिर भएर लागिरहेका छौं ।’ उनले थपे ‘तपाईहरुको अमूल्य सझुावलाई हामी शिरोपर गछौं र योजना निर्माण र कार्यान्वयनको चरणमा क्रमशः लागू गर्दै प्रतिबद्धता व्यक्त गर्दछु ।’
निर्देशक लामिछानेले जनगणनाको कार्य कुनैपनि राजनैतिक परिघटना र महाव्याधिले नारोकिने जनाउँ दिँदै भने ‘तोकिएकै समयमा जनगणना गर्ने कार्य सम्पन्न हुन्छ । यसमा दुइमत छैन । तोकिएको समयमा काम हुने भएकाले आफ्नो क्षेत्रमा तपाईहरुपनि सजग हुनु राम्रो हुन्छ ।’
स्थानीय तथा मातृभाषिलाई नै बढी भन्दा बढी परिचालन गर्ने नीति लिइएको उल्लेख गर्दै निर्देशक लामिछानेले अघि थपे ‘हामी गणक र सुपरीवेक्षक नियूक्तिका बारेमा सूचना प्रकाशन गर्छौं। त्यसवेला तपाईहरुले स्थानीयहरुलाई फारम भर्न लगाउनुहोस् ।’ स्नातक उतीर्णलाई  सुपरीवेक्षकमा र दशजोड दूई उत्तीर्णलाई गणकमा नियूक्ति गर्ने नीति लिइएको जानकारी गराउँदै निर्देशक लामिछानेले भने ‘भाषा जान्ने त्यस्ता योग्यता पुगेका युवाहरु परिचालनमा तपाईहरुकोपनि साथ हामीलाई चाहिएको छ ।’
शेर्पा समुदायको मात्रै छुट्टै तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक गर्न सकिने बताउँदै निर्देशक लामिछानेले नेपाल शेर्पा संघलाई समन्वय र सहकार्यका लागि अनुरोध समेत गरे ।जनगणना सम्बन्धि प्रचासप्रसार सामाग्रीहरु शेर्पा लगायतका विभिन्न १२ बटा भाषामा प्रकाशन भएको समेत विभागले जनाएको छ । 
 

श्री महानिर्देशक ज्यू
केन्द्रीय तथ्याङ्क विभाग,
थापाथली, काठमाडौं ।                                             
ज्ञापन–पत्र
‘मेरो गणना मेरो सहभागी’भन्ने नारा सहित२०७८ जेष्ठ २५ गतेदेखि आषाढ ८ गतेसम्म१२ औं राष्ट्रिय जनगणना हुनगईरहेको छ । यस परिप्रेक्ष्यमामहाअभियानलाईआत्मसाथगर्दै नेपाल शेर्पा संघपनि अघि बढिरहेको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पछिको पहिलो जनगणना भएकोले पनियसको सामाजिक, राजनैतिक र आर्थिक रूपमाहाम्रो संगठनलेबढी महत्वका साथलिएको छ । साथै,यस महाअभियानमाशेर्पा समुदायलाई सहजीकरण गरी महाअभियान सफलपार्न समुदायगतजनशक्तिको रूपमाविकास गर्नेसंघको धेय रहिआएको छ । 
    विगतकातथ्याङ्कहरू मिथ्याङ्क भएको भनिआदिवासीजनजातिलगायत शेर्पा समुदायले पनिमहशुसगरेको तथ्यस्मरण गराउँदै जनगणनाको तथ्याङ्क संकलन, प्रशोधन र प्रकाशनका सम्पूर्ण तहपारदर्शी र भरपर्दो बनाउनहाम्रो संगठननिम्नमागहरू सहितध्यानाकर्षण गराउँदछ । 
१)     गणक र सुपरीवेक्षकहरू छनौट तथानियूक्तिगर्दा स्थानीयमातृभाषीहरूलाई प्राथमिकतादिनुपर्नेभएकोले शेर्पाको घनत्व भएको ठाउँमा शेर्पा समुदायकाजनशक्तिलाई समावेश गर्नुपर्ने । 
२)     ब्राम्हण, क्षेत्री र नेवारहरूको थर भिन्नभिन्नै लेखिएपनि ब्राम्हण, क्षेत्री र नेवारको जातिभित्र गणना गर्नेविधि जस्तैः पौडेल, दाहाल, शर्मा, बज्रचार्य, महर्जन लेखेतापनि स्वतः ब्राम्हण÷नेवारमा गणना हुने प्रक्रिया जस्तै शेर्पा जातिको थरहरूजस्तैः लामागोले, पिनासा, च्यावाआदिलाई पनि शेर्पाको जातिमा स्वतःगणना हुने व्यवस्थामिलाउनुपर्ने ।सम्पूर्ण आदिवासीजनजातिहरूको पनि यसरी नै न्यायोचिततरिकाले गणना गर्नुपर्ने । 
३)     हिमाल, पहाड र तराईको भौगोलिकस्वरूपअनुसार नै हिमाल, पहाड र तराईमा बस्ने जातिहरूको छुट्टाछुट्टै तथ्याङ्क संकलन, प्रशोधन र प्रकाशनगर्नुपर्ने । 
४)     जलवायू परिवर्तनकाकारण हिमालहरू पग्लने क्रमतीव्र भएकोमायसले जलविद्युत, सिंचाई लगायतकाविकास निर्माण र आम समुदायको जनजीवनमाप्रत्यक्ष–अप्रत्यक्ष असर पार्ने हुनाले अध्ययन अनुसन्धानको 

    लागि सहीतथ्याङ्कप्रकाशनको व्यवस्थामिलाउनुपर्ने । जस्तैः हिमाल र पहाडको मिश्रित तथ्याङ्कआउँदा सहीतथ्याङ्क नआउने हुँदाविकास निर्माण र वातावरणीय अध्ययनमा टेवानपुग्ने देखिन्छ । तसर्थ, हिमालको तथ्याङ्क मात्रै पहिला प्रकाशन गर्नुपर्ने । 
५)     तथ्याङ्क संकलन, प्रशोधन र प्रकाशनमा समावेशी, विश्वसनीयता र पारदर्शीताको लागिआदिवासीजनजातिलगायतअन्यसमुदाय÷आयोगबाट समावेशीपूर्ण सदस्यचयनगर्नुपर्ने । 
६)     तथ्याङ्क संकलनगर्ने गणकहरुले उत्तरदातासँगगर्ने सवालजवाफलाई विवरण संकलनफारममायर्थाथ अनिवार्य भरीविश्वासनीयबनाउनुपर्दछ ।      
७)    जनगणनालाई विश्वनीयता र प्रभावकारिताका साथविकास योजनामालागू गर्नुपर्ने भएकोहुँदा, समावेशी, तथ्यपरक र यथार्थपूर्ण ढङ्गले प्रकाशन गरेमामात्रैविकासका योजनाकार्यान्वयनभई समृद्ध नेपाल सुखी नेपालीको नारा यथार्थमा सम्भवहुने र मुलुकको दिगो विकासमा टेवापुगीआम नेपालीको आय, मानवविकास सुचाङ्क उच्चभई राष्ट्रको स्तरोन्तरी हुने देखिन्छ । तसर्थ, जनगणनालाई तथ्यपरक र विश्वासनीयबनाउँनुको विकल्प छैन । सहीतथ्याङ्क आएमात्रै योजनानिर्माण गरी कार्यान्वयनमा सहजहुने कुरामादुइमत छैन । 
    अतः शेर्पा समुदायको तथ्याङ्कलाई यर्थाथपरक र वस्तुगत बनाउँदै सकेसम्म सहीतथ्याङ्क संकलनकालागि सबै उपायहरु अबलम्बनगर्दै राष्ट्र निर्माणमा अपनत्वमहशुस गर्ने वातावरण निर्माण गरी दिनहुन अनुरोध गर्दछ । 


दावा शेर्पा                             गेल्जे लामा शेर्पा 
संघीय उपाध्यक्ष÷विभागप्रमुख                      संघीय अध्यक्ष
शिक्षा, स्वास्थ्यतथा जनसंख्याविभाग                    नेपाल शेर्पा संघ
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho