शेर्पा संघले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने (सूचनासहित)

शेर्पाखबर

२०७७ पौष २८, मंगलबार


    
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ संघीय कार्यसमितिले आगामी फागुनदेखि लोकसेवा तयारी कक्षा शुरु गर्ने भएको छ । संघकै राज्य व्यवस्था तथा स्वरोजगार विभागले शाखा अधिकृत तहको लागि फागुन १० गतेदेखि तालिम सञ्चालन गर्ने भएको हो ।
संघले निकट भविष्यमा नै निजामति सेवाको विभिन्न पदका लागि तालिम सञ्चालन गर्ने र तत्काललाई शाखा अधिकृतको तालिम संघीय कार्यालय सभाहलमा दिने तयारी भएको विभागीय प्रमुख आङ निमा शेर्पाले जानकारी दिए । तालिममा सहभागि इच्छुक शेर्पा युवाहरुले मापदण्ड पूरा गरी २०७७ माघ २५ गतेभित्र फारम भरी तालिममा सहभागी हुनुपर्ने संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । 
तालिमका लागि अनलाईन वा स्वयम् उपस्थित भएर फारम भर्न सकिने जानकारी दिँदै विभागीय सचिव मिङमार सार्की शेर्पाले भने ‘अनलाईन फारम भरेर इमेलमा पनि पठाउन सकिन्छ । स्वयम् उपस्थित भएर भर्दा झन राम्रो हुन्छ ।’

                    

स्नातक तह उतीर्ण गरेकाहरुले दुई प्रति फोटो र शैक्षिक योग्यताका सम्पूर्ण कागजात संलग्न राखेर फारम भर्नुपर्ने सूचनामा उल्लेख छ । तालिम दैनिक ६ घण्टा सञ्चालन हुने भनिएको छ । 
तालिममा सहभागि हुन नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रहरु, हालसालै खिचेको फोटो २ प्रति आवश्यक पर्छ । 
संघले स्थानीय, जिल्लास्तरमा पनि लोकसेवाको विभिन्न तहको लोकसेवा कक्षा सञ्चालन गर्ने गरी निर्णय गरेको छ । केन्द्रबाट शुरु भएको तालिम निकट भविष्यमा नै जिल्ला तथा स्थानीय तहहरुमा सञ्चालन गर्ने तयारी भइरहेको महासचिव लाक्पा शेर्पाले जानकारी दिए । तालिममा सहभागिहरु मध्ये दुर्गम तथा पिछडिएको क्षेत्र, विपन्न परिवारका सदस्यहरुलाई थप अवसर र सुविधाहरु समेत प्रदान गर्ने तयारी भइरहेको जनाएको छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho