समाजवादी नेता घलेको निधन

शेर्पाखबर

२०७७ पौष २०, सोमबार


काठमाडौं (शेर्पाखबर) । तत्कालिन संघीय पर्यटन मञ्चका अध्यक्ष कर्ण घलेको निधन भएको छ । मृगौला र मधुमेह रोगबाट लामो समयदेखि ग्रसित घलेको पौष १९ गते सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । 
घले पर्यटन पथ पदर्शकहरुको साझा संगठन ‘टे«किङ गाइड एशोसिएसन अफ नेपाल (टिगान) को पनि अध्यक्ष थिए । लामो समय मृगौलाको क्यामोथेरापी गरिरहेका घले ५८ बर्षको उमेरमा निधन भएको टिगानका महासचिव सार्की शेर्पाले जानकारी दिए । 
तत्कालिन समाजवादी पार्टी नेपाल निकट संघीय पर्यटन मञ्चको अध्यक्ष घले समाजवादी नेताको रुपमा चिरपरिचित छन् । उनको एक छोरा, दुई छोरी र श्रीमती छन् । संखुवासभा निवासी घले लामो समयदेखि पर्यटन पथप्रदर्शकको रुपमा कार्यरत थिए । 
घले टिगानमा हुँदा पर्यटन श्रमिकहरुको हकहितका लागि राज्यमा दबाब दिन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थिए । त्यस्तै, पर्यटन श्रमिकहरुको क्षमता विकास, दक्षताबृद्धि सम्वन्धि महत्वपूर्ण कार्यक्रमहरु समेत सञ्चालन भएको समाजवादी पर्यटन श्रमिक ट्रेड यूनियनका बरिष्ठ सदस्य काले शेर्पा पिनासाले स्मरण गरे । 
घलेको पार्थिक शरीरलाई चक्रपथ परिक्रममा गरी पौष २० गते (आज) स्वयम्भुमा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको परिवार स्रोतले जनायो । उनलाई जनता समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । शवयात्रा तथा अन्तिम श्रद्धाञ्जलीका लागि जसपाका नेता रकम चेम्जोङ, आङ काजी शेर्पा किसान, ल्हाक्पा शेर्पा लगायत स्वयम्भू पुगेका छन् । त्यस्तै, टिगान, समाजवादी पर्यटन ट्रेडयूनियन र पर्यटन मजदुरहरु सहभागि भएका छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho