शेर्पा संघमा लोकसेवा र जनगणना सम्वन्धि अन्तक्र्रिया सम्पन्न

लाक्पा जी शेर्पा

२०७७ पौष १९, आईतबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको आयोजनामा लोकसेवा तथा जनगणना सम्वन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । लोकसेवा तयारी कक्षा सञ्चालन र जनगणना २०७८ सम्वन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा निकट भविष्यमा शेर्पा संघले आयोजना गर्न लागेको लोकसेवाको विभिन्न तहको कार्यक्रमलाई कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्ने सम्वन्धिमा शेर्पा संघसंस्था, किदुगका पदाधिकारीहरुसँग छलफल भएको राज्य व्यवस्था तथा स्वरोजगार विभागका प्रमुख आङ निमा शेर्पाले जानकारी दिए ।  त्यस्तै, २०७८ जेष्ठ २५ देखि हुन गइरहेको राष्ट्रिय जनगणनामा शेर्पाहरुको एकिन तथ्याङ्क संकलन गर्न राज्यलाई सघाउ पुर्याउँदै यर्थाथ विवरण संकलन गर्न संघले गर्ने कार्यक्रमका बारेमा समेत छलफल भएको शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख दावा शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
अन्तक्र्रियामा लोकसेवा र राज्यको व्यवस्थाहरुको सम्वन्धि प्रहरी सहायक निरीक्षक दावा तेन्जी शेर्पाले सहजिकरण गरेका थिए । त्यस्तै, जनसंख्या सम्वन्धिमा त्रिवि जनसंख्या विभागका प्रा.डा. योगेन्द्र बहादुर गुरुङले प्रस्तुतीकरण गरे । 
लोकसेवा आयोगमार्फत बढी भन्दा बढी शेर्पाहरुलाई राज्यको निकायमा सहभागि गराउने हेतुले निकट भविष्यमा नै खरीदार, नायब सुब्बा र अधिकृतस्तरका तालिमहरु सञ्चालनको तयारी रहेको सो अवसरमा अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । त्यस्तै, शेर्पा समुदायको एकिन तथ्याङ्क संकलन गरी नीति, कार्यक्रम र योजना निर्माणमा सघाउन पुर्याउने र राज्यमा अधिकार  स्थापित गर्न बल पुग्ने गरी कार्य गर्ने नीति अघि सारिएको महासचिव ल्हाक्पा शेर्पाले बताए । 
जनगणना अन्तरगत संघले स्थानीयस्तरका समितिहरु परिचालन गर्ने, गाउँतहसम्म अन्तक्र्रिया तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने, पर्चा, ब्रोसियर र अपिल पत्रहरु जारी गर्ने कार्यक्रम रहेको जनाएको छ । त्यस्तै, गणक तथा सुपरीवेक्षकसँगै स्थानीय शेर्पा भाषा बोल्न जान्ने सहजकर्ताहरु परिचालन गर्ने, सरकारी निकायबाट नियूक्ति हुने गणक तथा सुपरीवेक्षकमा शेर्पा समुदायको बढी भन्दा बढी सहभागिता गराउन प्रेरित गर्ने गरी कार्य अघि बढाएको छ । 
यसअघि भएको जनगणनामा शेर्पा संख्या क्रमिक रुपमा घट्दै गएको तथ्यलाई मध्यनजर गर्दै त्यसो हुन नदिन कार्यक्रम अघि बढाइएको उपाध्यक्ष समेत रहेका विभागीय प्रमुख दावा शेर्पाले जनाए । शेर्पाहरुले आफ्नो जनसंख्या ५ लाख दाबी गरिरहेको भएता पनि राज्यको तथ्याङ्कमा भने एक लाख २० हजार मात्रै छ  । त्यस्तै, सरकारी निकायमा बढीमा १० जना अधिकृतस्तर र निजामति सेवा लगभग ५० जनामात्रै कर्मचारी सेवारत रहेको तथ्यलाई हृदयांगम गर्दै तिब्र रुपमा तयारी कक्षाहरु सञ्चालन गर्ने गरी कार्य अघि बढेको विभागीय सचिव मिङमार सार्की शेर्पाले जानकारी दिए । अन्तक्र्रियामा सहभागिहरुले कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरी नतिजा निकाल्नुपर्नेमा जोड दिए । त्यस्तै, संघले अघि सारेको कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पर्नेमा विश्वास व्यक्त गरे । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho