शेर्पा संघद्धारा लोसार तिथि सच्याउन गृहमन्त्रीको ध्यानाकर्षण

शेर्पाखबर

२०७७ पौष १८, शनिबार


काठमाडौं (शेर्पाखबर) । ग्याल्बो लोसारको तिथि गलती भएको भन्दै सच्याउन माग गरेको छ । सो सम्वन्धमा नेपाल शेर्पा संघले गृहमन्त्री रामबहादुर थापामगरलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा शेपाृ लगायत हिमाली समुदायका २१४८ औं ग्याल्बो लोसार भोट चन्द्र पात्रो अनुसार माघ ३० गते हुनुपर्ने भएपनि सरकारी पात्रोमा चैत्र १ गते राखेर अन्यौल सिर्जना गरेको भन्दै सच्याउन माग गरेको छ । ‘ग्याल्बो लोसार (नयाँ बर्ष) यो बर्ष भोट चन्द्र पात्रो अनुसार २०७७ माघ ३० गते हो । तर, पञ्चांग निर्णायक समितिको पात्रो अनुसार चैत्र १ गते उल्लेख गरेर ग्याल्बो लोसार मान्ने समुदायमा गलत सूचना प्रवाह गरेको छ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ‘सोही दिनलाई सार्वजनिक विदा समेत दिने व्यवस्था समेत गर्न सम्वन्धित निकायमा परिपत्र गरी निर्देशन गरी दिन माग गर्दछ ।’
ज्ञापन पत्रमार्फत संघले पञ्चांग निर्णय समिति शेर्पा समुदायबाट एक जना विज्ञलाई प्रतिनिधित्व गराउन समेत माग गरेको छ । 
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले पञ्चांक निर्णयक समितिमा सबै धार्मिक तथा जातीय समुदायबाट राख्नुपर्ने नयाँ विषय उठान भएको उल्लेख गर्दै तत्काल माग संबोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ग्याल्बो लोसारमा राष्ट्रिय विदाका लागि पहल गर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले यस विषयमा आफू गम्भिर रहेको बताए । 
यसअघि पनि ल्होसार तिथिमिति र सार्वजनिक विदाका बारेमा शेर्पा समुदायले पटक पटक सरकारको ध्यानाकर्षण गराएका थिए । 
शनिबार गृहमन्त्री थापाको निवास पुल्चोकमा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष ङावाङ सोनाम शेर्पा, प्रथम उपाध्यक्ष साङ्गे शेर्पा, उपाध्यक्ष किशोर शेर्पा र सचिव लाक्पा जी शेर्पासहितको टोलीले सहभागि थिए ।  
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho