शेर्पा संघमा ७७ सदस्यीय सल्लाहकार मनोनित

मिङमार शेर्पा

२०७७ पौष ७, मंगलबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको केन्द्रीय समितिको तेस्रो पूर्ण वैठक सम्पन्न भएको छ । यसअघि सोलुखुम्बु गर्ने भनिएको वैठक कोरोना महामारीका कारण स्थगित भएको थियो । 
केन्द्रीय कार्यालय, काठमाडौंमा भएको वैठकले ७७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । त्यस्तै, कोषाध्यक्ष आङ काजी शेर्पाको आर्थिक र महासचिव ल्हाक्पा शेर्पाको प्रगती प्रतिवेदन पारित गरेको उपमहासचिव फूर्वा तेन्जीङ शेर्पाले जानकारी दिए ।
त्यस्तै, वैठकमा राज्य व्यवस्था तथा स्वरोजगार विभागले पेश गरेको लोकसेवा आयोग तयारी कक्षा सञ्चालन सम्वन्धी र शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागले पेश गरेको जनगणना सम्वन्धि प्रस्ताव समेत पारित गर्दै तत्काल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । 
‘तत्काल केन्द्रमा विभिन्न किदुग, शेर्पा संघसंस्था, तहगत समितिहरुका पदाधिकारीहरु भेला गरी कार्यक्रम बारे जानकारी दिने निर्णय भएको छ ।’ अध्यक्ष शेर्पाले भने ‘वृहत अन्तक्र्रिया सञ्चालन गरी लोकसेवा र जनगणना सम्वन्धी कार्यक्रमलाई कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुन्छ ।’
पहिलो चरणमा अधिकृतस्तरको कार्यक्रम केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने तयारी भएको विभागीय सचिव मिङमार सार्की शेर्पाले जनाए । त्यस्तै, जनगणनाको महत्व, आवश्यता बारे पर्चा, पम्पेलेट बनाएर प्रचारप्रसार गर्ने विभागीय प्रमुख दावा शेर्पाले जानकारी दिए । 
शेर्पा संघले स्थानीय तह, जिल्ला र केन्द्रमा लोकसेवाको खरीदार, नायबसुब्बा र अधिकृतस्तरको तालिम सञ्चालन गर्ने र सचेतना अभिबृद्धि गर्ने खाले कार्यक्रम सञ्चालन गर्ने विभागीय प्रमुख आङ निमा शेर्पाले जानकारी दिए । 
बैठकले सचिवालयले गरेको महत्वपूर्ण निर्णयहरु अनुमोदन गर्ने निर्णय भएको महासचिव लाक्पा शेर्पाले जानकारी दिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho