शेर्पा संघ रामेछापको भवन उद्घाटन

मिङमार शेर्पा

२०७७ पौष ३, शुक्रबार


३ पौष २०७७
काठमाण्डौं (शेर्पाखबर) ।
नेपाल शेर्पा संघ जिल्ला समिति रामेछापको नवनिर्मित भवनको उद्घाटन भएको छ । विभिन्न दाताको आर्थिक सहयोगमा निर्मित भवनको केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले एक समारोहकावीच उद्घाटन गरे ।
रामेछापको उमाकुण्ड २ देउरालीमा निर्माण भएको दुइतले भवनमा पूजा कोठा, कार्यालय, सभाहल, अतिथि वस्ने ठाउँ लगायतको व्यवस्था छ । भवन निर्माणका लागि स्थानीय बाबुकाजी शेर्पाले निःशुल्क जग्गा दान गरेका थिए । त्यस्तै, शेर्पा समुदायले नगद तथा वस्तुगत सहयोगमा भवन निर्माण सम्पन्न भएको कोषाध्यक्ष कर्मा रिन्जी शेर्पाले जानकारी दिए । 
भवन निर्माणका लागि देउरालीकै आङ छिरिङ शेर्पाले नगद ८ लाख सहयोग गरेका थिए । उनी अहिले अमेरिकामा वसोवास गर्छन् । एक बर्षअघि नै शुरु भएको भवनको कूल लागत ३५ लाख भन्दा बढी भएको समितिका पदाधिकारीहरुले जनाएका छन् । 
भवन उद्घाटन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका केन्द्रीय अध्यक्ष गेल्जे लामाले नेपाल शेर्पा संघले भाषा, संस्कार, संस्कृतीको विकाससँगै कार्यालय व्यवस्थापनलाई समेत तिब्र रुपमा अघि बढाएको सो अवसरमा बताए । ‘हामीले केन्द्रमा सिंहदरबार जस्तै भवनसहितको कार्यालय बनाएका छौं । जिल्लाहरु मध्ये रामेछापको तेस्रो भवन हो । यसअघि सुनसरीको धरान र संखुवासभामा संघका निजी भवनहरु बनिसकेका छन् ।’
 

सो अवसरमा अध्यक्ष शेर्पाले शेर्पाहरुले उठाउँदै आएको पहिचान र अधिकार सहितको शेर्पालुङ (शेर्पा प्रदेश)को मुद्दालाई जिवित राखेको बताए । हामीले हाम्रो मुद्दालाई जीवित राखेका छौं, तत्काल संबोधन हुने अवस्था देखिएन तर समय आएपछि हाम्रो माग पूरा हुन्छ । जसका लागि आधारहरु खडा गर्दै जानूछ ।’
स्थानीय समेत रहेका अध्यक्ष शेर्पाले शेर्पाहरुवीच भाषिक तथा अन्य खाले विभेद हुन नहुनेमा जोड दिए । ‘हामी सबै एक हौं, फरक भाषा शैली प्रयोग गर्दैमा वा फरक ठाउँमा बसोवास गरेकै आधारमा हामीवीच भिन्नता हो की भन्नेको पछि लाग्नु हुँदैन ।’
 

रामेछाप जिल्ला समिति अध्यक्ष आङनुरी शेर्पाको सभाध्यक्षतामा भएको कार्यक्रममा गोकुलगंगा १ का वडा अध्यक्ष मणि कुमार लामा, उमाकुण्ड १ का वडा अध्यक्ष नुरी शेर्पा लगायतले जातीय संस्कृति, संस्कार तथा भाषाको विकासका लागि स्थानीयस्तरबाट जोडबल दिने प्रतिबद्धता व्यक्त गरे ।  उद्घाटन कार्यक्रममा शेर्पा संस्कृति झल्कने श्याब्रु, शिली नृत्य प्रस्तुत गरे । अतिथिहरुलाई ‘हिँटु’द्धारा स्वागत गरेको सचिव दावा शेर्पाले जानकारी दिए । स्थानीय युवा अगुवा आङ ओङ्दी शेर्पाले कार्यक्रम सञ्चालन गरेका थिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho