समाजवादी पर्यटन श्रमिकको अध्यक्षमा मोक्तान, महासचिव शेर्पा

ल्हाक्पा शेर्पा

२०७७ मंसिर २५, विहिबार


काठमाडौं (शेर्पाखबर) । समाजवादी पर्यटन श्रमिक ट्रेड यूनिकयनको अध्यक्षमा पूर्ण मोक्तान चयन भएका छन् । समाजवादी ट्रेड यूनियन महासंघको घटकको रुपमा रहेको यूनियनको महासचिवमा सार्की शेर्पासहित ६३ सदस्यीय चयन भएका हुन । नेपाल पर्यटन श्रमिक मजदुर संघ र संघीय पर्यटन मञ्चवीच एकता भएर श्रमिक ट्रेड यूनियन घोषणा भएको हो । 
घोषित संगठन जनता समाजवादी नेपालका शुभेच्छुक संस्थाको रुपमा गठन भएको हो । 
जनता समाजवादी पार्टी नेपालको बरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय नेताहरु प्रकाश अधिकारी, आङकाजी शेर्पा, अर्जुन लम्साल, लाक्पा शेर्पा, नवराज गुरुङ लगायत नेताहरुको उपस्थिती थियो । 
कार्यक्रममा महासचिव काले शेर्पाले ५ पृष्ठ लामो  संगठनको धारण पेश गरे । 


समाजवादी पर्यटन श्रमिक ट्रेडयूनियनको
प्रारम्भिक अजेन्डाहरु

बिषय प्रवेश


    नेपालको पर्यटनको आधार भन्नु नै यहाँको प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक संरचनाहरु हुन् । अथाह प्राकृतिक स्रोत तथा साधनहरु, ऐश्वर्यशाली धार्मिक तथा सांस्कृतिक विविधता यूक्त स्थलहरु र भौगोलिक भू–बनावटको सुन्दरता नै पर्यटकीय आकर्षणको प्रमुख केन्द्र हो । हाम्रा सौन्दर्यशाली निधीहरुलाई नियाल्न सन् १९५० देखि विभिन्न देशका नागरिकहरु नेपाल भ्रमणमा आउन थालेको इतिहास छ । संसारकै सर्वोच्च शिखरको अपूर्व अनुभव नजिकबाट लिन र साहसिक यात्राको लागि संसार भरिमा पहिलो रोजाइ नेपाल बनेको छ । यस विषयलाई उजागर गर्न हामीले विविध समयमा समयसापेक्ष केही प्रयासहरु गर्दै आएका छौं । तर, पनि भौगोलिक, सांस्कृतिक तथा धार्मिक स्थलहरु उचित व्यवस्थान र पहिचान समयको माग अनुसार पर्यटन क्षेत्रमा गर्न सकेका छैनौं ।
सयम सापेक्ष ऐन कानून परिमार्जन गर्दै नीतिहरु बन्न नसक्दा अन्य देशको तुलनामा यहाँ पर्यटनको खास विकास हुन नपाएको अवस्था विद्यामान छ । यसबाट आम पर्यटन श्रमिकहरु समेत मारमा परिरहेका छन् । श्रमिकको यथोचित व्यवस्थापन तथा सम्मानका खातिर ट्रेडयूनियन मार्फत विभिन्न माग र मुद्दाहरु क्रमिक रुपमा अघि सार्न पर्यटन श्रमिकहरु एकताबद्ध भई समाजवाद विचारधारमार्फत अघि बढ्नुको विकल्प छैन । समग्र देशलाई नियाल्दा पर्यटनको विकासमा विशेष गरी निम्न लिखित कुराहरुको कमि देखिन्छ । अनेकन संभावनाहरुकावीच हामीले मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटनलाई समयसापेक्ष विकास गर्न सक्यौं भने यसले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धीको अजेन्डालाई समेत पूरा गर्न सघाउँछ । यसबाट श्रमिकहरुको न्यूनतम आवश्यकता समेत पूरा गर्न राज्य र व्यवसायीलाई सहज हुने हाम्रो ठहर छ । नेपाली पर्यटन र पर्यटन श्रमिकहरुको चुनौती, संभावना, समयसापेक्ष रुपान्तरण र परिस्कृत रुपमा अघि बढ्न संघीय समाजवादमार्फत हामी देहाय बमोजिमको प्रारम्भिक अजेन्डाहरु नै सहित अघि बढ्ने प्रतिज्ञा गर्दछौं । यो नै हाम्रो संगठन निर्माणको मूल आधार रहनेछ । तत्कालिन संघीय पर्यटन मञ्च र नेपाल समाजवादी पर्यटन मजदुर संघवीच समायोजन गरी समाजवादी ट्रेड युनियन महासंघको घटक संस्थाको रुपमा यो संगठन क्रियाशिल रहनेछ । संगठनले पर्यटन श्रमिकहरुको न्यूनतम मागहरु संबोधन गर्न, उनीहरुको पेशागत सुरक्षा, जीवन रक्षा तथा दक्षता अभिबृद्धिका साथै हकहितका लागि समेत कार्यहरु गर्नेछन् ।
बुँदागत कथनः
1.    पूर्वाधारको विकासः 
पर्यटकको आकर्षणका केन्द्रहरुमा विभिन्न भौतिक पूर्वाधारहरुको विकास द्रतगतिमा हुनुपर्नेमा झिनो कार्यक्रमहरु मात्रै राज्यले अघि सारेका छन् । तर, समस्याको ठोस रुपमा पहिचान नगरी योजना निर्माण गरी कार्यक्रम सञ्चालन तथा बजेट खर्च गर्ने वर्तमान परिपाटीले पर्यटन क्षेत्रमा अपेक्षित प्रगति र पूर्वाधारको विकास हुन सकेको छैन । यस्तो अवस्थामा समस्याहरुलाई मिहिन रुपमा केलाउँदै विभिन्न पर्यटकीय केन्द्रहरुमा सुविधा यूक्त पूर्वाधारहरु जस्तैः विद्युत, यातायात, खानेपानी, नेट–इन्टरनेट, सञ्चार, होमस्टे, सुरक्षा केन्द्र र उद्धार (युद्धकार्य) का लागि पूर्वाधारको विकास गर्न पहल गर्ने, पर्यटन पूर्वाधारको विकासमा अनुभवि श्रमिकहरुलाई परिचालन गर्ने । 


2. प्रचारप्रसारः
पर्यटन क्षेत्रको प्रचारप्रसारमा राज्यले ज्यादै कन्जुस्याई गरेको देखिन्छ । बार्षिक रुपमा निर्माण हुने नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको अथाह संभावनाको प्रचारप्रसारको खास कार्यक्रमहरु समावेश भएको पाइँदैन । पर्यटन बोर्ड, पर्यटन विभाग मार्फत केही पर्चा, नक्सा र नाम मात्रैको मेला महोत्सवहरु आयोजना गर्ने गरेको नाजुक अवस्था विद्यामान छ । अब पर्यटन क्षेत्रहरुको संभाव्यता अध्ययन गरी आक्रमक रुपमा प्रचारप्रसार र विश्वव्यापीकरण गर्ने खाले कार्यक्रमहरु अघि सार्नुपर्ने हुन्छ । यसो गर्नका लागि बार्षिक बजेट (संघ, प्रदेश र स्थानीय तह) मा पर्यटन प्रबद्र्धन र प्रचारको विशेष शिर्षक नै निर्माण गरी बजेट विनियोजन गर्ने र विभिन्न संघसंस्था र व्यक्तिव्यक्तिबाट समेत नेपालको पर्यटकीय स्थल, अवस्थाको बारेमा सकारात्मक प्रचार आधुनिक शैलीमा गर्न पहल गरी रोजगारीको अवस्था सिर्जना गर्ने ।

3.   दक्ष जनशक्ति उत्पादन 
राज्यको आर्थिक स्रोतको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा राज्यले विभिन्न नीतिहरु अघि सार्दै गर्दा त्यस क्षेत्रमा काम गर्ने श्रमिकहरुको दक्षता बृद्धि सम्वन्धि कार्यक्रमहरु पनि सँगसँगै अघि बढाउनु पर्दछ । यसो गर्दा पर्यटकहरुको आकर्षण बढ्नुका साथै श्रमिक तथा सेवाप्रदायक कम्पनी प्रति विश्वास पनि बढ्दछ । पर्यटन क्षेत्रमा दक्ष जनशक्तिहरुलाई व्यवस्थापन गरी उनीहरुलाई स्वतन्त्र रुपमा पेशाव्यवसायमा लाग्न प्रेरित गर्ने खाले नीति अघि सार्नुपर्ने हुन्छ । रोजगारदाता कम्पनीले श्रमिकहरुलाई विभिन्न काममा खटाउनु पूर्व उनीहरुलाई पुनःताजकी तालिमको व्यवस्था गर्नुपर्दछ । यसो गर्दा पर्यटकहरुलाई दिइनुपर्ने सुविधा तथा सेवामा गुणस्तर बृद्धि हुने तथा पर्यटकको सुरक्षामा पथप्रदर्शक तथा श्रमिकहरु बढी जिम्मेवार महशुस गर्नेछन् । 
4.    गैरकानूनी कार्य (क्ष्ििभनब िइउभचबतयच) बन्द गर्नेः
पर्यटन क्षेत्रमा स्वतन्त्र व्यवसायीहरुको संख्या यस क्षेत्रमा उल्लेख्य मात्रमा पाइन्छ । ट्रेकिङ कम्पनी स्थापना गरेर व्यवसाय सञ्चालन गर्नेहरु र गैरकानूनी रुपमा व्यवसाय सञ्चालन गर्ने (क्ष्ििभनब िइउभचबतयच) हरुको संख्यापनि उत्तिकै पाइन्छ । राज्यलाई कर बुझाउँदै नियमसंगत सञ्चालन भएका एजेन्सीहरुले भन्दा गैरकानूनी रुपमा व्यवसाय सञ्चालन गर्नेहरुले सस्तो दरमा पर्यटकलाई सेवा दिइरहेको पाइन्छ । यस खाले कार्यले सेवामा गुणस्तर खस्कीनुका साथै राज्यलाई समेत राजस्वमा ठूलो घाटा परिरहेको तथ्य भेटिन्छ । यस्तो अवस्थामा एजेन्टको रुपमा गैरकानूनी काम गर्नेहरुको पहिचान गरी त्यस खाले कार्य बन्द गर्न राज्यलाई सुझाउने र विभिन्न सरकारी निकायमार्फत दक्ष जनशक्तिलाई पर्यटन क्षेत्रमा दीर्घकालिन रुपमा काम गर्ने वातावरण सिर्जना गराउन पहल गर्ने । 
5.   जीवन सुरक्षा र सुरक्षित भविष्यः
पर्यटन क्षेत्रमा संलग्न मध्ये माउन्टेरिङ र ट्रेकिङ गाइड लगायतको भविष्य सुरक्षित छैन भन्ने आम पेशेवारहरुको गुनासो विद्यामान छ । उनीहरुको जीवन सुरक्षा र सुरक्षित भविष्यको लागि राज्यबाट समेत नीति बन्नुपर्ने हो तर अहिले नै राज्यले त्यसतर्फ सोच्न सकेको छैन । यस्तो अवस्थामा आफ्नो युवा जोशको महत्वपूर्ण समय गुजारेका पर्यटन श्रमिकहरुको शारीरिक वल क्षमता घट्दै गएपछि पेशाबाट विमूख हुनुपर्ने वाध्यात्मक अवस्था देखिन्छ । यस्तो अवस्था सिर्जना हुन नदिनका लागि विविध कार्यक्रम र दीर्घ योजनाहरु अघि सार्न राज्यलाई दबाब दिने र नीति निर्माणमा सघाउने । 

6.   अस्वस्थ प्रतिस्पर्धालाई निषेधः
पर्यटकलाई सुविधा उपलब्ध गराउने (ज्यकउष्तबष्तिथ) नाममा व्यवसायीहरु र एजेन्सीहरुवीच अस्वस्थ प्रतिस्पर्धाहरु व्यप्त देखिन्छ । यसले गुणस्तरीय सेवा प्रवाह र व्यवसायलाई दिगो बनाउनमा असर पुर्याई रहेको छ । तसर्थ, पर्यटकहरुको समस्या, नीतिगत अभावहरुलाई अध्ययन गरी नाफामुलक रुपमा व्यवसाय अघि बढाउने र अस्वस्थ प्रतिस्पर्धालाई निषेधात्मक अवस्था सिर्जना गरी स्वच्छ प्रतिस्पर्धाको आधारमा नेपाली पर्यटन उद्योगलाई फस्टाउने दिशामा अघि बढ्न आवश्यक कार्य गर्न सकेको खण्डमा पर्यटन श्रमिकहरुले उठाउँदै आएको मागहरुलाई संबोधन गर्न राज्यलाई सघाउन पुग्ने निश्चित छ । 
7.    आन्तरिक पर्यटनको विकासः
पर्यटन क्षेत्रको दिगो विकास र समुचित व्यवस्थापन सम्वन्धी योजनाहरु निर्माण पूर्व आन्तरिक पर्यटनबारे सोच्नुपर्ने हुन्छ । विदेशबाट नेपाल घुम्न आउने भन्दापनि नेपालीहरुले नै नेपाल घुम्नुलाई बढी प्रथामिकता दिनु पर्दछ । खास तथ्याङ्गत रुपमा अभिलेखिकरण नगरेका कारण यहाँ आन्तरिक पर्यटकले नेपाली पर्यटन उद्योगमा पुर्याएको योगदानको खास मूल्याङ्कण भएको पाइँदैन । तर, मसिनो रुपमा अध्ययन गर्ने हो भने नेपाली पर्यटन व्यवसायको आधा भन्दा बढी हिस्सा अन्तरिक पर्यटनको भरमा टिकेको छ । एक जिल्लाबाट अर्को जिल्लाका पर्यटकीय स्थलहरुको अवलोकण, भ्रमण गर्ने, स्वदेशी उत्पादनहरुलाई बजरीकरण र अध्ययनका लागि हामी एक ठाउँबाट अर्को ठाउँमा दैनिक रुपमा आगमन गरीरहेकै हुन्छौं । यसले आन्तरिक पर्यटनमा ठूलो टेवा पुगेको छ । यसलाई थप व्यवस्थित गर्नका लागि ‘घुम्ने संस्कार’ को विकास गराउनुपर्ने देखिन्छ । हामी विभिन्न पेशा व्यवसायमा आबद्ध भएर त्यसैमा सिमित नरही अध्ययन अवलोकन गर्न बाहिर निस्किने हो भने त्यसबाट मुलुकको आर्थिक समृद्धी र पूँजीको चलायमान अवस्थालाई बढावा दिन्छ । यस सम्वन्धी व्यवस्थाका लागि राज्यले पनि सुलव रुपमा सेवा सुविधाहरुको व्यवस्थाहरु गरी दिने, पदमार्गहरु निर्माण र सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुन्छ । यसखाले कार्यक्रम अघि बढाउन नीतिहरु बन्नु पर्ने हुन्छ । संगठन र एकताको माध्यमबाट यसखाले कार्यक्रमहरु अघि बढाउने । 
8.    पर्यटकको सुरक्षा र सुविधाः
पछिल्लो समय पर्यटकहरुलाई विभिन्न अखाद्य वस्तुहरु सेवन गराई विरामी बनाउने, अमानवीय दुव्यवहारहरु हुने गरेको भन्ने गुनासाहरु सर्वत्र पाइन्छ । यसबाट नेपाली पर्यटनको छवि विश्वमा धुमिल हुँदै गएको देखिन्छ । यस्तो अवस्थामा हामीले हाम्रो आचारणमा सुधार ल्याउनु नितान्त जरुरी छ । क्षणिक आर्थिक प्रलोभन र लाभका लागि पहुनाहरुमाथि गरिने उल्लेखित अमानवीय व्यवहारले नेपाली पर्यटन उद्योगमा दीर्घकालिन असर पर्दै जाने निश्चित छ । यस्तो अवस्थामा हामीले यसखाले कार्यहरुलाई रोक्न सचेतना अभिवृद्धि, आचार सुधार, स्वच्छ व्यवसायीक प्रतिस्पर्धा, मानवीय संवेदनालाई समेत ख्याल गर्दै नीतिगत रुपमा उल्लेखित कार्यहरु हुन नदिन कदम चाल्नुपर्ने देखिन्छ । पर्यटकहरुको माग र न्यूनतम् आवश्यकता अनुसारको सुविधाहरु उपलब्ध गराउँने नीति अघि सार्नुपर्ने हुन्छ । 
पर्यटकको सुरक्षाको लागि राष्ट्रिय निकुञ्ज, आरक्षण क्षेत्र र २ हजार ५ सय मिटर माथि अनिवार्य पथप्रदर्शक (श्रमिक) साथमा हुने व्यवस्था गर्नुपर्दछ । 

९) कानूनी जटिलता र नीतिगत सुधारः
पर्यटनहरुको आगमन, नियमानका क्षेत्रमा हामीसँग मौजुदा कानूनहरुका लागू गराउँदै राज्य अघि बढीरहेको छ । तर, कानूनहरु समयसापेक्ष संशोधन र सुधार गर्न जरुरी भइसकेको छ । पर्यटकहरुलाई आगमन र पर्यटन व्यवसायीहरुका लागि भएका नीतिगत समस्या, जटिलतालाई ध्यानमा राख्दै सहज रुपमा नेपाल घुम्ने व्यवस्था र कागजी प्रकृयाहरुमा सघाउने सहायता कक्षहरुको व्यवस्था गर्ने, पर्यटकहरुलाई शिष्ट र सदाचारयूक्त व्यवहार गर्ने संस्कारको विकास गर्ने, पर्यटन हवहरुको व्यवस्था गर्ने, सूचांक र संकेतहरुको व्यवस्था गर्ने र प्रदेश र स्थानीय तहमा समेत पर्यटन क्षेत्रको विकासका लागि परिपत्र गरी निर्देश गर्न पहल गर्न सघाउने । 
१०) कोरोना महामारी, श्रमिकको अवश्था र सरकारको भूमिका
कोरोना महामारीका कारण विश्व नै आक्रन्त छ । विकसिल मुलुको सूचिमा रहेको नेपाल जस्तो मुलुक अझ बढी प्रभावित छन् । कोरोना महामारीका कारण सबै भन्दा बढी  प्रभावित क्षेत्र पर्यटन हो । दैनिक ज्यालादारी र यम (सिजन) अनुसार काम गरेर जिविकोपार्जन गर्ने पर्यटन श्रमिकहरु दैनिकी ठप्पप्राय भएको छ । कतिपय श्रमिकको चुलोसमेत बल्न छाडेको दुःखद अवस्था छ । रोजगारी विहिन भएपनि उनीहरुलाई जीवनयापनको वैकल्पिक मार्ग समेत औल्याउन गाह्रो परेको छ । यस्तो अवस्थामा पर्यटन श्रमिकहरु पेशाबाट विमूख त हुनु परेको छँदैछ अनुभवि पर्यटन श्रमिकहरु पेशाबाट पलायन हुँदै गएको अवस्था देखिन्छ । राज्यले श्रमिकहरुको हितमा ठोस तथा राहतका कार्यक्रमहरु सञ्चालन नगर्दा राज्यप्रति वितृष्ण पैदा हुने र सरकारप्रति घृणाभाव बोध गर्ने गरेको पाइन्छ । यस्तो अवस्थामा श्रमिकहरुलाई न्यूनतम राहत प्याकेजका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा राज्य सञ्चालकहरु विभिन्न बहनाबाजीमा समय खेरा फलिरहेका छन् । सामान्य मानवीय संवेदनालाई ख्याल समेत नगर्ने राज्यले श्रमिकको हितमा ठोस नीति ल्याउन नसक्नु दुःखद पाटो हो । 
11.    पर्यटनलाई आकर्षण
कोरोनाका नाममा सरकारले विभिन्न प्रतिवन्दहरु लगाउने काम गरेको छ । पर्यटकहरु सरकारले तोकेको न्यूनतम सुरक्षा मापदण्डभित्र रही आवतजावत गर्न दिनुपर्नेमा अनावश्यक दुःख दिने, बढी शुल्क असुल्ने जस्ता कार्यहरु गर्दै आएको देखिन्छ । पर्यटकहरुको आगमनले श्रमिकहरुलाई रोजगारीको अवस्था सिर्जना हुने कुरामा दुईमत छैन तथापी सरकारको रबैयाले पर्यटकहरुमा नेपालप्रति विकर्षण बढ्दै गएको छ । कानूनी जटिलता अन्त्य गर्ने खाले कार्यक्रम सञ्चालन गर्दै रोजगारीको अवस्था सिर्जना गर्नतर्फ राज्यलाई दबाब दिनुपर्ने अवस्था सिर्जना भएको छ । 

12.    समयानुकुल ऐन निर्माण
सरकारले पर्यटन श्रमिकहरुको बारेमा अझैपनि ठोस रुपमा कानून निर्माण गर्न सकेको छैन । कानून निर्माण गर्ने निकायमा भएका अधिकारीहरुलाई पर्यटन श्रमिकहरुको बारेमा बोध नहुनु आफैमा दुःखद पाटो हो । मौजुदा श्रम ऐनलाई समयानुकुल संशोधन गर्दै पर्यटन श्रमिकहरुको हक, हित तथा सुरक्षाका लागि ठोस र कल्याणकारी कानून निर्माण गर्न संगठित रुपमा दबाब सिर्जना गर्नुको विकल्प छैन ।


13.    सामाजिक सुरक्षा 
पर्यटन श्रमिकहरुको सामाजिक सुरक्षा कोष स्थापना गरी उनीहरुको सामाजिक सुरक्षाको ग्यारेण्टी गर्नुपर्दछ । सरकारले यस सम्वन्धमा सामाजिक सुरक्षा, जीवन विमा लगायतको व्यवस्था गर्ने, सेवानिवृत्तिबरण लगायतको व्यवस्था गर्ने, औषधोपचार, परिवारलाई उचित शिक्षादिक्षाका लागि श्रमिक, व्यवसायी र सरकारको संयूक्त लगानीमा कोषको स्थापना गर्नुपर्ने हुन्छ ।  


धन्यवाद !
मितिः २०७७ मंसिर २५ गते बिहीबार
शेर्पा पाटी प्यालेश, जोरपाटी, काठमाण्डौं ।

काले शेर्पा पिनासा
तत्कालिन महासचिव
संघीय पर्यटन मञ्च
जनता समाजवादी पार्टी नेपाल

ल्हाक्पा शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho