भाषा शैलीकै कारण शेर्पा–शेर्पावीच फरक सोच्नु हुन्नः अध्यक्ष शेर्पा

शेर्पाखबर

२०७७ मंसिर २५, विहिबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले ठाउँ अनुसार शेर्पाहरुले बोल्ने भाषाशैली फरक–फरक भएको बताएका छन् । फरक शैली अपनाएकै कारण शेर्पा–शेर्पावीच फरक हो भनेर सोच्न नहुने अध्यक्ष शेर्पाको धारण थियो । 
शेर्पा इभेन्टस् अर्गनाइजरले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष शेर्पाले ‘भूगोल अनुसार शेर्पा समुदायमा भाषाको प्रयोग र शैली फरक छ । खुम्बु क्षेत्रमा बोलिने र तल्लो क्षेत्रमा बोल्ने भाषाको शैली फरक छ ।’ कतिपय दोहोरा अर्थ दिने शब्दहरु समेत रहेको उल्लेख गर्दै अध्यक्ष शेर्पाले भने ‘ठाउँ विशेष बोलिने भाषा र वस्तुहरुको नामकरण समेत फरक छ ।’ भूगोल अनुसार फरक भएपनि सबै शेर्पा एकै रहेको अध्यक्ष शेर्पाको भनाइ थियो । 
शेर्पाहरुवीच भाषा प्रयोगकै कारण विभेद जस्तो देखिएकोको भन्नेतर्फ इंगित गर्दै अध्यक्ष शेर्पाले शेर्पाहरुवीच एकता, भातृत्व कायम रहेको र रहनुपर्नेमा जोड दिए । 
 

शेर्पा इभेन्टस्ले अनलाइन निवन्ध प्रतियोगिता, फोटो तथा एकल नृत्य प्रतियोगिताका उपाधी हासिल गर्नेहरुलाई नगद तथा प्रशंसा पत्र प्रदान गरेको अध्यक्ष नुरु शेर्पाले जानकारी दिए । 
विश्व शेर्पा संघका अध्यक्ष  आङ दोर्जी लामा शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शेर्पा समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक आङ फुटी शेर्पाले जानकारी दिए । पुरस्कृत हुने र सम्मानित हुनेको विवरण केही समयपछि प्रकाशन हुँदैछ ।  

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho