चिहाएर हेर्ने आँखा राम्रोमार्फत फुर्किमा शेर्पा मोडलिङ

शेर्पाखबर

२०७७ मंसिर ६, शनिबार


सञ्चारकर्मी फुर्किमा शेर्पा मोडलिङमा देखिन थालेकी छिन् । पासाङ दोर्चि शेर्पाको ‘चिहाएर हेर्ने आँखा राम्रो’ म्यूजिक भिडियो मार्फत शेर्पा मोडलिङमा देखिएकी हुन । 
माइ क्रेशन मिडियाले बजारमा ल्याएको म्युजिक भिडियोमा शेर्पाको मूख्य अभिनय रहेको छ । त्यस्तै गायक पासाङ दोर्चि शेर्पा स्वयम् फुर्किमाको जोडीको रुपमा रहेका छन् । 
हिमाली जिल्ला सोलुखुम्बुको बहुचर्चित धार्मिक तिर्थस्थल चाँगेस्थान आसपासमा छायाँकन गरिएको म्यूजिक भिडियोले सम्पन्न र विपन्नवीचको खाडललाई देखाउन खोजिएको छ । त्यस्तै, पत्ताले, गर्पीतेङ खेम्जे लगायतका सुन्दर ठाउँ र शेर्पा जातीको संस्कारलाई देख्न पाइन्छ । 
म्युजिक भिडियोमा फुर्किमाले सम्पन्न परिवारको प्रतिनिधित्व गरेकी छिन् भने पासाङ गरीब परिवारबाट भरियाको रुपमा काम गर्ने दयालु स्वभावको युवाको चित्रण गरेको पाइन्छ । 
म्यूजिक भिडियोमा फुर्वा डोमा शेर्पा, आङ दावा शेर्पा, छिरिङ दावा शेर्पा, आङ छेलिङ शेर्पा, लाक्पा डोमा शेर्पा लगायतको अभिनय गरेका छन् । मिङमा शेर्पाको निर्देशनमा तयार भएको म्यूजिक भिडियोका सम्पादन स्वयम् मिङमाले गरेका छन् । म्यूजिक भिडियोको वीचविचमा शेर्पा भाषा प्रयोगले नौलो अनुभूत दिलाउँछ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho