गम्बु शेर्पाको ‘मार्यो नी मायाले’ रिलिज

शेर्पाखबर

२०७७ मंसिर ६, शनिबार


चर्चित गायक गम्बु शेर्पाको स्वरमा सजिएको ‘मार्यो नी मायाले’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिमफेदी गाइजको युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक भएको हो । 
शेर्पाकै शब्द रहेको गीतको आशुसेन लामाले संगीत भरेका थिए । निर्जली लामाको मूख्या भूमिका रहेको म्यूजिक भिडिया भिमफेदी गाइजकै कलाकारहरुको अभिनय गरेका छन् । 
गीत संगीतसँग राजनीतिमा लागेका शेर्पाको यो पछिल्लो कोसेली हो । नोभेम्बर २० मा सार्वजनिक गरेको म्यूजिक भिडियोले छोटो समयमा नै लोकप्रियता हासिल गरेको देख्न सकिन्छ । शेर्पाले यसअघि सयौं गीत गाएका छन् । दर्जनौ म्यूजिक भिडियोहरु युट्युवमा देख्न पाइन्छ । कतिपय म्यूजिक भिडियोमा गायक गम्बु शेर्पा स्वयम्ले समेत अभिनय गरेका छन् । 
हालै सार्वजनिक गरेको गीत माया प्रेम र युवा अवस्थाको बारेमा चित्रण गर्न खोजिएको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho