नेका र नेकपाका जिल्ला समितिका सदस्यहरु जसपामा प्रवेश

शेर्पाखबर

२०७७ मंसिर ४, विहिबार


२ मंसिर २०७७
सोलुखुम्बु (शेर्पाखबर) । नेपाली कांग्रेस र नेकपाका जिल्ला सदस्यहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जिल्लाको नेचा सल्यान गाउँपालिकामा भएको पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रममा ती नेताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । 
यसरी पार्टी प्रवेश गर्नेहरुमा नेकपाका पूर्व जिल्ला समिति सदस्य नेचा सल्यान ५ का फुरतेन्जी शेर्पा र मानवीर थापामगर रहेका छन् । त्यस्तै, नेपाली कांग्रेसका जिल्ला समिति सदस्य लाङिमा शेर्पापनि जसपामा प्रवेश गरे । 

No description available.
उनीहरुले पूराना पार्टीहरुले देशलाई यथास्थितीमा राखेको, देशको विकास भन्दापनि व्यक्तिगत स्वार्थमा पार्टी केन्द्रित भएको, संघीयताको मर्म र भावना विपरित पार्टी अघि बढेको र पहिचान र अधिकारको खिलापमा पार्टी उभिएको आरोप लगाएका छन् । ‘जनता समाजवादी पार्टीले पहिचान, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समाजवाद, सुशासन, कार्यकारी राष्ट्रपति प्रणाली, जस्तो समाज त्यस्तै राष्ट्रको नीति अघि सारेकाले यो सिद्धान्त प्रति आकर्षित भएर पार्टी प्रवेश गरेको’ उनीहरुले बताए ।

No description available.
‘पुराना भनिएका पार्टीहरु सैद्धान्ति रुपमा स्खलित भइसकेका छन्’ पार्टी प्रवेश गर्दै नेता लाङिमा शेर्पाले भने ‘सिद्धान्तहिन पार्टीमा बसेर आफू विरुद्ध आफै परिचालित हुनु राम्रो होइन ।’
संघीयताको मर्म नबुझेकाहरु नेतृत्वमा पुगेर वर्तमान व्यवस्थालाई नै कमजोर बनाउँदै लगेको आरोप लगाउँदै नेकपाका पूर्व जिल्ला कमिटि सदस्य समेत रहेका नेचा सल्यान १ ख्याम्पुका मानवीर थापाले भने ‘भाषा, संस्कृति र पहिचान लोप भइ सक्यो । भ्रष्टाचार, कमिसनखोरतन्त्र हावी भइरहेको छ । नीतिगत रुपमा वर्तमान सरकार र त्यसको नेतृत्व गरेको दल विकृत राजनैतिक परिपाटीको निर्माण गर्न लिप्त भेटिन्छ । तसर्थ, पूराना पार्टीमा बसिरहनुको औचित्य सकियो ।’
उनीहरुलाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज लाक्पा शेर्पाले खादा माला र पार्टी प्रवेश पत्र वितरण गरेर पार्टीमा प्रवेश गराएको जसपाका स्थानीय युवा नेता मिङमार सार्की शेर्पाले जानकारी दिए । कार्यक्रममा स्थानीय ९० बर्षीय बृद्ध ङकुल तामाङले पटकपटक पार्टीलाई भोट दिएपछि ग्रामिण जनजीविकामा कुनै परिवर्तन नआएको दुखेसो पोखे ।  उनले प्रश्न गरे ‘२०१५ सालदेखि मैले कांग्रेसलाई भोट दिएँ तर हामीले के पायौं त ? हाम्रो पहिचान दिनदिनै लोप हुँदै गएको छ । राज्यले हाम्रो पहिचान मेट्दै गएको छ । यस्तो हुनुमा मैले पटकपटक भोट दिएकै पार्टीको मूख्य भूमिका छ ।’

एउटै वडामा ६ टोल समिति गठन
संगठन विस्तारका क्रममा नेचा सल्यान १ को विभिन्न टोलमा ५ टोल समिति गठन भएको छ । ती टोलसमितिहरु १५ देखि २१ सदस्यीय रहेका छन् । 
जनता समाजवादी पार्टी नेपाल सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापामगर लगायतको उपस्थितीमा भएको टोल समिति गठनमा सयौं युवाहरु जसपामा आबद्ध भएका छन् । 
 

वडा नं. १ स्थित डुँड टोल समिति आगिमा शेर्पाको अध्यक्षतामा १५ सदस्यीय टोल समिति गठन भएको छ । समितिका उपाध्यक्षमा पासाङ रिन्जी शेर्पा, सचिवमा लोप्साङ शेर्पा, कोषाध्यक्षमा सुकतेम्बा शेर्पा र सहसचिवमा कुसुम शेर्पा लगायत रहेका छन् । 
त्यस्तै, वडा नं. १ कै घुन्सामा एकराज तामाङको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मक्कर तामाङ, सचिवमा देवराज तामाङ, सहसचिवमा युवराज तामाङ र कोषाध्यक्षमा बीरवहादुर तामाङ लगायत रहेका छन् । 
त्यस्तै, जिप्ली टोल समितिको अध्यक्षतामा नोर्जे शेर्पासहित ९ सदस्यीय समिति गठन भएको स्थानीय युवा नेता पेम्बा रिन्जी शेर्पाले जानकारी दिए । 
 

समितिको उपाध्यक्षमा सुकफुटी शेर्पा, सचिवमा आङ पेम्बा शेर्पा, कोषाध्यक्ष दावा शेर्पा र सहसचिवमा छिरिङ शेर्पा लगायत रहेका छन् । 
वडा नं. १ कै सिमखर्कमा मिङमार तेम्बा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय टोल समिति गठन भएका छन् । समितिको उपाध्यक्षद्धयमा लाङिमा शेर्पा र आङ फूरी शेर्पा, सचिवमा लाक्पा छिरिङ शेर्पा, कोषाध्यक्षमा ङिमा शेर्पा र सहसचिवमा आङ गेल्बु शेर्पा लगायत रहेका छन् । 
यता वडा नं. १ को लेब्लुमा सालाक्पा शेर्पाको नेतृत्वमा ११ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा साङ्गे शेर्पा, सचिवमा फुरकाजी शेर्पा, कोषाध्यक्षमा लामु शेर्पा,, सहसचिवमा लाकी शेर्पा  लगायत रहेका छन् । 
 

वडा नं. १ कै ख्याम्पुमा किशोर मगरको अध्यक्षतामा २१ सदस्यीय टोल समिति गठन भएको छ । समितिको उपाध्यक्षद्धयमा सारङिमा शेर्पा र भूपेन्द्र मगर, सचिवमा अनिल मगर, कोषाध्यक्ष फागु बहादुर मगर, सहसचिवद्धयमा सुमन मगर र जाङबु शेर्पा लगायत रहेका छन् । 
नेचा सल्यान कै वडा नं. ५ केशरीमा फुरतेन्जी शेर्पाको अध्यक्षतामा २१ सदस्यीय टोल समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मिङमार हिला शेर्पा, सचिव पाल्देन शेर्पा, कोषाध्यक्षमा सुक्लकी शेर्पा, सहसचिवमा ङिमा शेर्पा लगायत रहेका छन् । 
समितिका पदाधिकारी सदस्यलाई केन्द्रीय सदस्य लाक्पा शेर्पाले पद तथा गोपनियताको सपथ ग्रहण गराएको स्थानीय युवा नेता साङ्गे शेर्पाले जानकारी दिए । संंगठन विस्तार अभियानका क्रममा शेर्पा जातिको सांस्कृतिक तथा जातीय पहिचानका बारेमा समेत छलफल भएको अभियान्त मेन्दो लाकी शेर्पाले बताइन् । कार्तिक २२ बाट शुरु भएको अभियान कार्तिक ३० सम्म सञ्चालन भएको थियो । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho