खिजीदेम्बामा जसपाको संगठन विस्तार तिब्र

मिङमार शेर्पा

२०७७ मंसिर ४, विहिबार


मिङमार शेर्पा
१ मंसिर २०७७
ओखलढुंगा (शेर्पाखबर) । यहाँको खिजीदेम्बा गाउँपालिका वडा नं. ९ पात्लेमा जनता समाजवादी पार्टी नेपालको संगठन विस्तार तिब्रता पाएको छ । वडा समन्वय र टोल समिति गठन गर्दै संगठन विस्तार तिब्र बनाएको हो । 
प्रदेश सदस्य गम्बु शेर्पाको विशेप उपस्थितीमा भएको भेलाले दावा गेल्जे शेर्पाको संयोजकत्वमा वडा समन्वय समिति गठन गरेको हो । समितिका सहसंयोजकमा आङ फूला शेर्पा र आङ बाबु शेर्पा, सदस्य सचिवमा  रिन्छेन शेर्पा लगायत २१ सदस्यीय रहेका छन् । 
त्यस्तै वडा नं. ९ को छेर्मादिङमा दमछिरी शेर्पाको संयोजकत्वमा २५ सदस्यीय टोल समिति गठन भएको हो । यसअघि नेकपा टोल समितिका अध्यक्ष रहेको शेर्पा जनता समाजवादीमा प्रवेश गर्दै टोलको नेतृत्वमा चयन भएका हुन । 
 

यसअघि वडा नं. ६का े विभिन्न टोलहरुका समेत पार्टी प्रवेश तथा टोल समिति गठन गरेको जनता समाजवादीका नेता पासाङ ङिमा शेर्पाले जानकारी दिए । 
वडा नं. ९ मा भएको कार्यक्रममा पार्टी जिल्ला सल्लाहकार लाप्साङ शेर्पा लगायतले मन्तव्य व्यक्त गरे ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho