शेर्पा नृत्य प्रतियोगिता उत्कृट दश छानिने

२०७७ कार्तिक १८, मंगलबार


मिङमार शेर्पा
१८ कार्तिक २०७७
काठमाडौं (शेर्पाखबर) । शेर्पा अनलाइन नृत्य प्रतियोगिताको दोश्रो चरणको नतिजा बुधकार सार्बजनिक गर्ने भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरले आयोजना गरेको प्रतियोगिताको उत्कृष्ठ दश र पाँचको नतिजा सर्वजनिक गर्न लागेको हो । 
प्रथम शेर्पा नृत्य प्रतियोगितामा दुई सय २७ जना शेर्पाहरुले प्रतियोगितामा सहभागी जनाएका थिए । जसमध्ये उत्कृष्ठ १० का लागि ३० जनालाई छनौट गरेको थियो । 
योसगै प्रतिस्पर्धा अन्तिम चरणमा प्रवेश गरेको आयोजक संस्थाका अध्यक्ष नुरु शेर्पाले जानकारी दिए । प्रतियोगिता गत भदौ महिनाबाट सुरु भएको थियो । असोज १० गतेसम्म प्रतियोगिताको पहिलो चरण सकिएपछि पुनः ३० जना उत्कृष्ठ दशमा पर्न सफललाई दोस्रो चरणको प्रतिस्पर्धा सहभागि गराएका थिए । प्रतिस्पर्धीमध्ये उत्कृष्ठ छनौट गर्ने जिम्मा गायक तथा सङ्गीतकार डेन्डी शेर्पाको नेतृत्वमा ३ सदस्यीय निर्णायक समिति गठन गरेको थियो । 
तीन चरणमा विभाजन गरिएका प्रतियोगितामा बालबालिका, शेर्पा नृत्य, मौलिकता श्याब्रु गरि छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको संयोजक आङ फुटी शेर्पाले शेर्पाखबरलाई जानकारी दिइन् ।
समाज रुपान्तरण, युवाहरुमा सांस्कृतिक जागरण ल्याउनका साथै शेर्पा जातिको भाषा, परम्परागत गीत संगीतहरु लोप हुँदै गर्दा शेर्पा गीत संगीतलाई नकारात्मक असर पर्न नदिन प्रथम पटक एकल शेर्पा नृत्य प्रतियोगिता २०२० को आयोजना गरेको जनाएको छ । कार्यक्रमको शेर्पाखबरडटकमले सञ्चार सहकार्य गरेको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho