जसपा केन्द्रीय सदस्य शेर्पाहरुलाई शेर्पा संघले दिए बधाई 

लाक्पा जी शेर्पा

२०७७ कार्तिक ७, शुक्रबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिमा शेर्पा समुदायबाट चार जना चयन भएका छन् । केन्द्रीय सदस्य चयन भएका शेर्पाहरुलाई नेपाल शेर्पा संघले सिंगो शेर्पा समुदायको तर्फबाट भन्दै बधाई दिएका हुन् । 
केन्द्रीय सदस्यमा सोलुखुम्बुका आङकाजी शेर्पा ‘किसान’, दोलखाका आङदेण्डी शेर्पा, भोजपुरका ल्हाक्पा शेर्पा र सोलुखुम्बुकै पेम्बा गेल्बु शेर्पा चयन भएका थिए । 
बधाई ज्ञापन गर्दै शेर्पा संघले ‘शेर्पा समुदायले उठाउँदै आएको ‘पहिचान र अधिकार सहितको शेर्पालुङ्ग’ प्राप्तिको लागि महत्वपूर्ण योगदान रहने’ आशा गरेका छन् । ‘राजनैतिक अधिकार प्राप्तिका लागि राजनैतिक दलबाट नै पहल कदमी लिदाँ छिटो उपलब्धि हासिल गर्न सकिने कुरा छर्लंगै छ । यसरी सामाजिक, राजनैतिक अधिकार प्राप्त गर्ने सन्दर्भमा नीति निर्माण गर्ने राजनैतिक दलको केन्द्रीय नेतृत्वमा शेर्पा समुदायबाट प्रतिनिधित्व हुनु गौरवको विषय हो ।’ बधाई सन्देशमा उल्लेखछ ‘राजनैतिक दलमार्फत मुलुक परिवर्तनका साथै शेर्पा समुदायले उठाउँदै आएको राजनैतिक मुद्दाहरुलाई संबोधन गर्न र नीति निर्माण तहसम्म घचघच्याउन नवनिर्वाचित केन्द्रीय सदस्यहरुको अहम भूमिका रहनेमा हामी पूर्ण विश्वास्त छौं ।’ अध्यक्ष गेल्जे लामा शेर्पाले भने ‘जुनसुकै राजनैतिक दल, विचारमार्फत समुदायको मुद्दालाई राष्ट्रियकरण गर्दै शेर्पा संघले उठाउँदै आएको भाषिक, सांस्कृतिक लगायतका अधिकार प्राप्तिमा उहाँकोहरुको उपस्थितीले थप टेवा मिल्ने नै छ ।’ 
समुदायको माग र मुद्दाहरुलाई राजनैतिक दलहरुले उठाएको मुद्दासँग तालमेल गराएर नेपाल शेर्पा संघले ‘समनता, राज्यको हरेक निकायमा समान पहुँच, प्रतिनिधित्व र पहिचानको विषयलाई संस्थागत गर्न नेपाल शेर्पा संघले राजनैतिक समन्वय विभाग नै गठन’ गरेको उल्लेख गरेका छन् 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho