जसपा केन्द्रीय समितिमा  परे ‘शेर्पा समुदायका चार सदस्य !’

शेर्पाखबर

२०७७ कार्तिक ६, विहिबार


काठमाडौं (शेर्पाखबर) । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको वैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराईलाई चयन गरेको हो । वैठकले केन्द्रीय समिति समायोजन गर्दै शेर्पा समुदायको चार जनालाई केन्द्रीय सदस्य चयन गरेको जनाएको छ । यसरी चयन हुनेमा पूर्व संघीय समाजवादी फोरमको तर्फबाट केन्द्रीय सदस्य रहेकाहरु छन् । तत्कालिन केन्द्रीय सदस्यहरु आङदेण्डी शेर्पा, आङकाजी शेर्पा, ल्हाक्पा शेर्पा र वैकल्पीक केन्द्रीय सदस्य पेम्बा गेलु शेर्पालाई केन्द्रीय सदस्यमा चयन गरेको जनाएको छ ।
मनोनित केन्द्रीय सदस्यमध्ये आङकाजी शेर्पा ‘किसान’ पार्टीको प्रवास इन्चार्ज समेत हुन् । उनलाई सोही जिम्मेवारीमा यथावत राखिएको छ । त्यस्तै, लाक्पा शेर्पा सोलुखुम्बु र शेर्पा प्रदेश इन्चार्जको जिम्मेवारीमा छन् । 
पेम्बा गेल्बु शेर्पालाई वेल्जियम कार्य क्षेत्र तोकिएको छ । उनी लामो समयदेखि उतै वस्दै आएका छन् ।
कार्तिक ३ र ४ मा बसेको वैठकले एक हजार १ सय सदस्यीय संघीय परिषद् र आठ सय १ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho