आइटी विज्ञ अमिर ‘कुखुरा पालनमा’

२०७७ कार्तिक ५, बुधबार


अर्चना शेर्पा
५ कार्तिक २०७७
काठमाडौं (शेर्पाखबर) । कागेश्वरी मनहरा नगरपालिका विष्ट गाउँमा स्थानीय जातका कुखरा पालन व्यवसाय शुरु भएको छ । सोलुखुम्बुका अमिर लामाले कुखुरा फार्म शुरु गरेको हो । 
सूचना प्रविधि विज्ञ कोरोना महामारीपछि सरकारले वन्दावन्दी घोषणासँगै नयाँ व्यवसाय शुरु गर्न वाध्य भएका हुन् । ‘लकडाउन’ अघि उनी आइटीसम्वन्धि विभिन्न काम गर्न कम्पनीहरुमा व्यस्त हुन्थे । तर, वन्दावन्दीसँगै सबै कार्यालय वन्द भए । उनको पेशामा पनि वाधा पर्यो । उनी यतिवेला मनोहरा खोलाको नजिकै कुखुरा फार्म खोलेर वसेका छन् । उनले थोरै लगानी गरेर करीव ३ रोपनीमा ४ वटा टहरा बनाएर व्यवसाय शुरु गरेका हुन् । २०५१ मै आइटी सम्बन्धि अध्ययन पूरा गरेका लामा यतिबेला व्यवसाय परिवर्तन गरेर पनि खुसी छन् । कृषिमा नै उनले यतिवेला उन्नती देखेका छन् । जीवनमा विभिन्न काम गरेर अनुभव बटुलेका लामाले लोकल जातका कुखुरा, भट्टाई पालन गरेका छन् । कालिज र माछा पाल्ने योजना बनाएका छन् । 
त्यस्तै, अर्गानिक साग, तरकारी उत्पादनमा पनि जुटेका छन् । अमिरलाई यो सबै गर्न श्रीमती र छोरालाई सघाउँदै आएका छन् । कुखुरा पालन सम्वन्धमा उनले राम्रो अध्ययन गरेका छन् । कृषिमा राम्रो संभावना देखेका लामा भन्छन् ‘कृषिमार्फत जीविकोपार्जन मात्रै हैन, आर्थिक समृद्धीमार्फत मुलुकलाई योगदान समेत राम्ररी दिन सकिन्छ ।’
स्थानीय जातका कुखुरा विशेष गरी अण्डा र मासुका लागि प्रयोग गरिन्छ । भट्टाई भने अण्डाको लागि मात्रै पालिन्छ । भट्टाईको अण्डा प्रति गोटा ७–१० रुपैयाँसम्म विक्री हुन्छ । यसमा प्रसस्त प्रोटिन हुने भएकाले रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले सदुपयोग गर्ने गरिन्छ । बजारमा अण्डाको मागपनि अत्याधिक रहेको लामाले बताए ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho