दावादिन शेर्पाले ल्याए ‘सरररर’

लाक्पा जी शेर्पा

२०७७ कार्तिक ४, मंगलबार


लाक्पा जी शेर्पा
४ कार्तिक २०७७
काठमाडौं (शेर्पाखबर) । चल्तीका कलाकार दावादिन शेर्पाको नयाँ म्यूजिक भिडियो ‘सरररर’ सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमकावीच शेर्पाको म्यूजिक भिडियो सार्वजनिक गरेको हो  । चर्चित गायक रोज मोक्तानको प्रमुख आतिथ्यतामा भएको म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा खेन्पो पेमाछिरी शेर्पा, नेपाल शेर्पा संघका उपाध्यक्ष आङ ङिमा शेर्पा, शेर्पा कलाकार संघका अध्यक्ष डिजे ङावाङ शेर्पा लगायत उपस्थित थिए । 


ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक भएको म्यूजिक भिडियोको छायाँकन काभ्रेपलान्चोकको तीनधारेमा भएको हो । गीतको शब्द, संगीत अर्का गायक दावा के शेर्पाको थियो भने गायक दावा दिन र मेलिना राईको स्वरमा सजिएको छ । मोडल उर्मिला गुरुङ र सुरज दियालीले अभियान रहेको म्यूजिक भिडियोको निर्देशन भूपेन्द्र गुरुङले गरेका थिए । 
म्यूजिक भिडियोमा तिनधारेलाई निक्कै रोचक तरिकाले प्रस्तुत गरिएको छ । भौगोलिक अवस्थाले गर्दा निक्कै जोखिम मोलेर म्यूजिक भिडियोको छायाँकन गर्नुपरेको कार्यक्रममा निर्देशक गुरुङले सुनाए । 

कार्यक्रममा वोल्दै गायक तथा म्यूजिक भिडियोको मोडल समेत रहेको दावादिन शेर्पाले काठमाडौं आएर लामो समय संघर्षपछिको प्रतिफलको रुपमा म्यूजिक भिडियो ल्याउन सफल भएको बताए । ‘काठमाडौं आएको दुई दशक हुन लागिसक्यो । संघर्ष गर्दागर्दैको प्रतिफलको रुपमा म्यूजिक भिडियो ल्याउन सफल भएँ । लामो समयको लगानीको प्रतिफल हो । यसलाई उपलब्धिको रुपमा लिएको छु ।’ गायक शेर्पाले अघि थपे ‘म निम्न वर्गिय परिवारमा जन्मेको सदस्य हुँ, परिवारकै सहयोगमा संगीत कर्ममा लागेर ठूलो प्रोजेक्ट ल्याउन सक्ने अवस्था थिएन ।’ थाङ्का लेखेर जोहो गरेको पैसाले म्यूजिक भिडियो ल्याएको बताउँदै गायक शेर्पाले भने ‘वास्तवमा म संगीत प्रेमि हुँ, सानैदेखि गाउने रहर थियो ।’ विभिन्न गीतहरु गाएर चर्चामा आएका शेर्पाको म्यूजिक भिडियो भने पहिलो हो । 
 

कार्यक्रममा नेपाल शेर्पा संघका उपाध्यक्ष आङ निमा शेर्पाले गायक दावादिन शेर्पाको पारिवारिक अवस्थाको बारेमा चर्चा गरे । उनको वाल्यकाल र कलाकारिताबारे स्मरण गर्दै शेर्पाले भने ‘दोलखाको विगु क्षेत्रलाई समेटेर दावाले गाएको गीत लामो समय चर्चामा रह्यो । संघर्ष गर्न सक्ने र सिकेको कलाकारको रुपमा हामी उनकालाई चिन्छौं । दावाको भविष्यपनि उज्ज्वल देखेको छु ।’
 

कार्यक्रमका प्रमुख अतिथि चर्चित गायक रोज मोक्तानले कलाकार सफल हुनलाई संघर्ष गर्न पछि हट्न नहुने भन्दै गायक शेर्पालाई सान्त्वना दिए । उनले आफूहरुपनि संघर्षबाटै अहिलेको स्थानमा आइपुगेको स्मरण गरे । गायक मोक्तानले दावादिनले ल्याएको म्यूजिक भिडियो चाँडै जनजिव्रोमा बस्ने खालको भएकाले सफल हुने विश्वास व्यक्त गरे । 
सोहीक्रममा म्यूजिक भिडियोमा भूमिका निर्वाह गर्ने समूहका कलाकार र प्राविधिकहरुलाई प्रमुख अतिथि मोक्तानले खादा लगाएर सम्मान गरे । 

 

 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho