शेर्पा संघको ‘पहिलो चरणको राहत कार्यक्रम सकियो !’

ल्हाक्पा शेर्पा

२०७७ कार्तिक ४, मंगलबार


ल्हाक्पा शेर्पा
४ भाद्र २०७७
काठमाडौं (शेर्पाखबर) ।
नेपाल शेर्पा संघले पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । संघले कोभिड प्रभावित, बाढी, पहिरो पीडितका लागि सञ्चालित राहत वितरण अभियान सम्पन्न भएको हो ।
संघले एक प्रेश नोट जारी गर्दै कोरोना प्रभावित लक्षित गरी सञ्चालन गरेको राहत अभियान सम्पन्न भएको जनाएको हो। 
‘केन्द्रीय सचिवालयको निर्णय अनुसार आपतकालिन राहत कोष स्थापना गरी बाढी, पहिरो जस्ता प्राकृतिक तथा दैविक विपती, कोरोना महामारीबाट प्रभावितलाई राहत वितरण अभियान सञ्चालन गरेका थियौं ।’ प्रेस नोटमा भिनएको छ ‘विभिन्न गम्भिर समस्यामा परेका शेर्पा लगायत आम नेपालीहरुलाई राहत, उद्धार, दीर्घरोगीहरुको उपचारमा सहयोग गरीरहेकोमा ‘आपतकालिन राहत कोष सञ्चालक समितिले पहिलो चरणको राहत कार्यक्रमलाई स्थगित गर्ने भनि निर्णय गरेका छ ।’
कार्तिक ३ गतेदेखि लागू हुने गरी राहत वितरण सम्बन्धि कार्यक्रम हाललाई स्थगित गरेको अध्यक्ष गेल्जे लामा शेर्पाले जनाए । ‘उद्यपी, आपतमा परेका शेर्पाहरुलाई उद्धार, दीर्घरोगीहरुको उपचार, विपन्नहरुलाई आर्थिक सहयोग गर्ने कार्यक्रम भने साविक बमोजिम नै निरन्तर जारी रहने छ ।’ अध्यक्ष शेर्पाले भने । 
 

आपतकालिन राहत कोषमार्फत लगभग ३१ लाख रुपैयाँको राहत वितरण गरेको कोषाध्यक्ष आङकाजी शेर्पाले जनाए । अहिलेसम्म ‘नौ जना मृगौला रोगी, चार जना मुटु रोगी, आठ जना अबुद्र्ध (क्यान्सर) पीडित, चार जना गम्भिर घाइतेको उपचारमा आर्थिक सहयोग, दुई जना सडकमा अलपत्र परेकाहरुको उद्धार गरेका छन् । उद्धार गरेका सोलुखुम्बुका दुई मध्ये एक जनालाई रोजगार मिलाइदिएका छन् भने अर्का एक जनाको उपचार भइरहेको सामाजिक सेवा विभागका प्रमुख समेत रहेका उपाध्यक्ष साङ्गे लामा शेर्पाले जनाए । 
त्यस्तै, आर्थिक रुपमा विपन्न दुई जनाको सद्गद् गर्न आर्थिक सहयोग गरेको प्रेस नोटमार्फत जनाएको छ । केही समयअघि चट्याङबाट ज्यान गुमाउनु परेका सोलुखुम्बुका एक जनाको परिवारलाई आर्थिक सहयोग गरेको संघले विपन्न खेलाडीलाई समेत सहयोग गरेको जनाएको छ । आर्थिक सहयोग प्राप्त गर्नेमा क्षयरोगी, दृष्टिविहिनहरु समेत रहेको जनाएको छ । 
 

संघले जनाए अनुसार २ सय ५७ बढीले नगदै राहत प्राप्त गरेका छन् । ५ सय ५० बढी सडकमा रहेकालाई खाना खुवाउने काम समेत राहत अभियान अन्तर्गत सम्पन्न गरेका छन् । संघले राजधानीको सिनामंगलस्थित सुकुम्वासी वस्तीमा रहेको शेर्पाहरुलाई खाद्यान्न वितरण गरेको छ भने गौरीशंकर गाउँपालिका दोलखाका पर्यटन मजदुरहरुलाई पनि सहयोग गरेको जनाएको छ । 
संघले खोटाङका कोरोना प्रभावितलाई खाद्यान्न वितरण गरेको छ भने चित्तवनको बाढी र राप्तीका चेपाङलाई नगदै राहत सहयोग गरेको महासचिव लाक्पा शेर्पाले जनाएको छ । त्यस्तै, संखुवासभा, सिन्धुपाल्चोक लगायतको जिल्लाका बाढी पीडितलाई प्रथामिकतामा राखेर राहत वितरण गरेको अध्यक्ष शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
 

त्यस्तै, हिमाल आरोहण गर्ने १ सय २५ बढीलाई सगरमाथा आरोही संघसँगको सहकार्यमा राहत वितरण गर्न बजेट विनियोजन गरेकोले तत्कालै वितरण गर्ने तयारी रहेको जनाएको छ । 
यसवीच संघले राहत, उद्धार र आर्थिक सहयोग कार्यक्रम सञ्चालनमा आर्थिक सहयोग जुटाउने शेर्पा संघ अमेरिकालाई धन्यवाद दिने निर्णय गरेको छ । ‘अमेरिकामा रहेको शेर्पा तथा गैरआवसीय नेपालीहरुो सक्रियतामा मातृभूमि प्रति देखाएको सद्भावको उच्च सम्मान गर्दछ ।’ विदेश विभाग प्रमुख पसी शेर्पाले भने ‘उच्च मानविय भावसहित शेर्पा संघ अमेरिकाले सञ्चालन गरेको अभियानले नेपालमा विभिन्न क्षेत्रमा पीडितहरुलाई ठूलो राहत मिलेको छ । यो सहकार्यले नेपाल शेर्पा संघ र शेर्पा संघ अमेरिकाको सम्वन्ध उच्च विन्दुमा पुगेको मैले महशुस गरेको छु ।’

प्रेस नोटमार्फत नेपाल शेर्पा संघले केन्द्रीय अध्यक्ष, नि.अध्यक्ष लगायत आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने प्रति कृतज्ञता व्यक्त गरेको छ ।’
नेपाल शेर्पा संघले ‘कोही शेर्पा भोकै नपरोस्, उपचार नपाएर कोही नमरोस्’ भन्ने आदर्शसहित उच्च सामाजिक भाव र मानवीय हितमा कार्य गरीरहेको केन्द्रीय सचिव लाक्पा जी शेर्पाद्धारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख छ ।

ल्हाक्पा शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho