लिखुपिकेको टोल–टोल जसपाको समिति गठन

मिङमार शेर्पा

२०७७ कार्तिक २, आईतबार


मिङमार शेर्पा
२ कार्तिक, २०७७
सोलुखुम्बु (शेर्पाखबर) । यहाँको लिखुपिके गाउँपालिकामा जनता समाजवादी पार्टीको टोलस्तरीय समिति गठनले तिब्रता पाएको छ । वडा नं. १ देखि ५ सम्म साविकको वडा समिति गठन भएको हो । असोज २० देखि  २९ सम्म शुरु भएको संगठन विस्तार अभियान अन्तर्गत समितिहरु बनेको गाउँपालिका इन्चार्ज डब्बल बहादुर कार्कीले जानकारी दिए । 
जसअन्तर्गत वडा नं. १ यार्माखुमा देण्डी शेर्पाको अध्यक्षतामा पासाङ ल्हक्पा शेर्पा सचिव रहेको ७ सदस्यीय, वडा नं. ४ तादिङमा दलबहादुर वस्नेत र सचिवमा प्रकाश वस्नेत रहेको १३ सदस्यीय र वडा नं. ३ को नामखेलीमा सिंहनारायण श्रेष्ठ अध्यक्ष र सचिव गोपाल विक रहेको २५ सदस्यीय र वडा नं. ५सगरडाडामा कलम बहादुर कटवाल अध्यक्ष र कृष्ण कुमार खड्का सचिव रहेको ७ सदस्यीय टोल समिति गठन भएको सोलुखुम्बु इन्चार्ज लाक्पा शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 

त्यस्तै वडा नं. ५ कै छिम्मु थामी टोलमा काजी थामी अध्यक्षतामा सुकजित थामी सचिव रहेको १५ सदस्यीय समिति समेत अभियानकै क्रममा गठन भएको छ । यसअघि गेल्जे शेर्पाको अध्यक्ष र निर्मला पाण्डे (बस्नेत) सचिव रहेको २१ सदस्यीय समाजवादी युवा संघ समेत गठन गरेका थिए । वडा समितिमा विभिन्न समयमा वडामा निर्वाचन जितेका अनुभवि नेताहरु समेत छन् । 
संगठन सुदृढिकरण एवं जागरण अन्तर्गत गतबर्ष गेल्बु छिरी शेर्पाको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका स्तरीय समिति समेत गठन भइसकेको जनाएको छ । जसमा सचिव देण्डी शेर्पा छन् । त्यही वेला ३ वटा वडामा वडास्तरीय समितिहरु गठन गरेको पार्टीले वडा नं. १ को संयोजकमा छोङवा शेर्पालाई जिम्मेवारी दिएका थिए भने वडा नं. ३ को इन्चार्जमा गोविन्द बहादुुर कार्की, संयोजकमा ललित व वस्नेत, वडा नं. ४ को इन्चार्जमा सुरज व वस्नेत जिम्मेवारी दिएको जसपाका युवा नेता सोनाम शेर्पाले जानकारी दिए । 
आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी अभियान सञ्चालन भइरहेको जनाउँदै इन्चार्ज कार्कीले भने ‘हामी आगामी चुनावमा नतिजा निकाल्ने गरी संगठन विस्तारमा छौं । पुराना भनिएका पार्टीहरुबाट आजित भएका साथीहरुको ठूलो जमात छ । नयाँ विचार बोकेर आएको पार्टी भएकाले युवाहरुको राम्रो साथ छ ।’

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho