शेर्पा नृत्य प्रतियोगितामा २२८ प्रतिस्पर्धी

मिङमार स. शेर्पा

२०७७ अश्विन १६, शुक्रबार


१६ भाद्र २०७७
काठमाडौं (शेर्पाखबर) । शेर्पा इभेन्ट अर्गनाइजरले आयोजना गरेको एकल शेर्पा नृत्य प्रतियोगितामा उत्साहजनक सहभागि भएका छन् । अनलाइन नृत्य प्रतियोगितामा २ सय २८ जनाले प्रतिस्पर्धामा सहभागि भएका हुन । 
शेर्पा जातिहरुको आफ्नो मौलिक पहिचानलाई संरक्षण सम्बद्र्धन, प्रबद्र्धन गर्ने उद्देश्य राखी आधुनिक शैलीमा भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्ने हेतुले अर्गनाइजरले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । 
एक महिनाअघि आह्वान गरेको प्रतियोगितामा शेर्पा गीतमा नृत्य गरेर फेसबुकमा पठाउनुपर्ने प्रबधान राखिएको थियो । भदौं १० गतेबाट शुरु भएको कार्यक्रममा युवादेखि बृद्धाबृद्धसम्मको उत्साहजनक सहभागिता रहेको आयोजक संस्थाका उपाध्यक्ष मिङमार तेन्जिङ शेर्पाले जानकारी दिए  ।
विश्वभर फैलिएको कोरोना महामारी (कोभिड१९)ले समुदायलाई नै त्रसित बनाएको परिस्थितिमा समुदायमा रहेका युवाहरु घरमै बसेर पनि सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गर्न प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।
प्रतिस्पर्धी मध्येबाट उत्कृष्ठ १० छनौट गरी छिटै नतिजा घोषणा गर्ने आयोजक संस्थाका अध्यक्ष नुरु शेर्पाले जानकारी दिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho