गौरीशंकर क्षेत्रका पर्यटन मजदुरलाई शेर्पा संघको राहत

लाक्पा जी शेर्पा

२०७७ अश्विन १६, शुक्रबार


लाक्पा जी शेर्पा
१६ भाद्र, २०७७
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले दोलखा गौरीशंकर क्षेत्रकका पर्यटन मजदुर शेर्पाहरुलाई राहत वितरण गरेको छ । ३३ घरपरिवारलाई दाल, चामल र नुनको प्याकेज राहत वितरण गरेको हो । राजधानीको कपनमा एक कार्यक्रमका वीच पीडितहरुलाई राहत वितरण गरेको कोषाध्यक्ष आङ काजी शेर्पाले जानकारी दिए । 
शेर्पा संघ अमेरिकाको आर्थिक सहयोगमा संघले विभिन्न ठाउँमा राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत राहत वितरण गरेको कोषाध्यक्ष शेर्पाले जानकारी दिए । राहत वितरण कार्यक्रममा केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पा, प्रथम उपाध्यक्ष साङ्गे शेर्पा, सहकोषाध्यक्ष बाबुकाजी शेर्पा र केन्द्रीय सदस्य मिङमार सार्की शेर्पा लगायत सहभागि थिए । 
कोरोना महामारीका कारण लामो समय सरकारले वन्दावन्दी घोषणा गरेसँगै पर्यटन मजदुरहरु काम विहिन भई बढी प्रभावित थिए । नेपाल शेर्पा संघले आपतविपतमा परेका तथा दीर्घ रोगीहरुका लागि सहयोग गर्ने हेतुले आपतकालिन राहत कोष स्थापना गरी सञ्चालन गरेको छ । 
त्यस्तै, सोही कार्यक्रममा दोलखाका सांसद जिपछिरिङ लामा शेर्पाले नगद वितरण गरे । ३३ जनाकै परिवारलाई नगद सांसद शेर्पाले हस्तान्तरण गरे । 


 

सोही कार्यक्रममा मृगौला रोगबाट पीडित दोलखाका सुजन थामीलाई पनि उपचारका लागि १० हजार नगद सहयोग अध्यक्ष गेल्जे लामा शेर्पाले हस्तान्तरण गरे । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho