शेर्पा गुम्बामा आङ रिता शेर्पालाई राष्ट्रिय सम्मान दिइने

शेर्पाखबर

२०७७ अश्विन ६, मंगलबार


काठमाडौं (शेर्पाखबर) । चर्चित पर्वतारोही आङरिता शेर्पालाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
शेर्पालाई शेर्पा सेवा केन्द्रको प्राङगणमा राष्ट्रिय सम्मान दिने निर्णय भएको सरकारी उच्च स्रोतले जानकारी दिए । 
शेर्पाको शवलाई सम्मानसहित अन्त्यष्टि गर्ने र किरिया खर्च सरकारले व्यहोर्ने निर्णय भएको जनायो । कीर्तिमानी आरोही शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्येष्टि गर्नु पर्ने नेपाल शेर्पा संघ, नेपाल पर्वतारोहण संघ लगायतले माग गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले मन्त्रीपरिषद्मा प्रस्ताव लगे पछि सरकारले शेर्पालाई राष्ट्रिय सम्मान सहित खर्च समेत व्यहोर्ने निर्णय गरेको नेपाल शेर्पा संघका एक अधिकारीले जनाए । 
‘शेर्पाको सम्मान कार्यक्रम शेर्पा गुम्वा बौद्धको प्राङगणमा बुधबार विहान ९ बजे हुने निस्चित गरेको छ।’ नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामाले भने । 

तस्वीरः गुगलबाट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho