राष्ट्रिय सम्मान साथ आङ रिता शेर्पाको अन्यष्टी  गर्न माग

लाक्पा जी. शेर्पा

२०७७ अश्विन ६, मंगलबार


लाक्पा जी. शेर्पा
काठमाडौं (शेर्पाखबर) । चर्चित आरोही आङ रिता शेर्पाको अन्यष्टी राष्ट्रिय सम्मानका साथ हुनुपर्ने माग उठेको छ । नेपाल शेर्पा संघ लगायतले शेर्पाको अन्यष्टि राष्ट्रिय उच्च सम्मानका साथ हुनुपर्ने माग राखेका छन् । यस विषयमा नेपाल शेर्पा संघले गृहमन्त्री रामबहादुर थापामगर र पर्यटन मन्त्री योगेश भट्टराईलाई माग पत्र समेत बुझाएका छन् । 
नेपाल शेर्पा संघका केन्द्रीय महासचिव लाक्पा शेर्पासहित विभिन्न पर्यटनसँग सम्बन्धित संस्थाहरुले शेर्पालाई राष्ट्रिय सम्मान दिइनुपर्नेमा जोड दिएका छन् । ‘हिम चितुवाको उपमाले विश्वभर कहलिएका हिमाल आरोही आङ रिता शेर्पाको निधन राष्ट्रले एउटा इतिहास गुमाएको छ ।  नेपालको पर्यटन क्षेत्रमा अपूरर्णीय क्षति भएको छ ।’ नेपाल शेर्पा संघको माग पत्रमा भनिएको छ ‘सोलुखुम्बु जिल्लाको, खुम्बु पासाङ ल्हमु गापा थामेमा जन्मिनु भएका स्वर्गीय आङ रिता शेर्पाले सन् १९८३ देखि हिमाल आरोहण आरम्भ गरी १० औं पटकसम्म बिना अक्सिजन सगरमाथाको सफल आरोहण गरी नेपाल र नेपालीको नामलाई विश्वभर उच्च राख्न सफल भएको हुनुहुन्छ  ।’ उहाँको ‘उच्च सम्मान व्यक्त गर्न, शोकको यस घडीमा सम्पूर्ण पर्यटन क्षेत्रको भावनालाई सम्मान प्रदान गर्न शेर्पाको अन्यष्टि राष्ट्रिय सम्मान अन्तिम सस्ंकार गर्न नेपाल सरकारसँग माग गर्दछ ।’
ज्ञापन पत्र बुझाउन पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, पूर्व मन्त्री र विशिष्ठ व्यतित्वहरु मन्त्रालय पुगेका थिए । 
ज्ञापन पत्र बुझ्दै पर्यटन मन्त्री योगेश भट्टराईले यस विषयमा आफू गम्भिर भएको बताउँदै यस विषयमा मन्त्री परिषद्मा प्रस्ताव लैजान गृह मन्त्रालयसँग समन्वय गरी पहल गर्ने बताए । 
शेर्पाको निधनमा राष्ट्रपतिदेखि उच्च पदस्थ अधिकारीहरुले समेत ज्ञापनले शोक वक्तव्य जारी गरेका थिए । 
शेर्पाको ७८ बर्षको उमेरमा अशोज ५ गते निधन भएको थियो । शेर्पाको पार्थिव शरीरलाई शेर्पा सेवा केन्द्रमा राखिएको पारिवारिक स्रोतले जनायो ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho