नेपाल र अमेरिकी शेर्पा संघद्धारा आर्थिक सहयोग

लाक्पा शेर्पा

२०७७ अश्विन २, शुक्रबार


२ असोज २०७७
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले शेर्पा संघ अमेरिकाद्धारा संकलित राहत रकमबाट विभिन्न व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । नेपाल शेर्पा संघ आपतकालिन राहत कोषबाट दीर्घरोगी तथा विपन्नहरुलाई आर्थिक सहयोग गरेको हो । 
संघले ओखलढुंगाका ङावा शेर्पालाई ५० हजार, साङ्गे शेर्पालाई २५ हजार सहयोग गरेको छ । उनीहरु रुखमा किच्चिएर गम्भिर घाइते भएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । 
 

त्यस्तै, भोजपुरका पासाङ नुर्बु शेर्पालाई ५० हजार सहयोग गरेका छन् । उनी लामो समय मृगौला पीडित थिए । संखुवासभा मकालुका फुर्बु शेर्पा, दोलखाका आङ पासाङ शेर्पा, खोटाङका सोनाम शेर्पा, ओखलढुंगाका मुन्नी कुमारी शेर्पालाई जनही ३५ हजारका दरले आर्थिक सहयोग गरेको कोषाध्यक्ष काजी शेर्पाले जानकारी दिए । चट्याङमा परि मृत्युवरण गरेका सोलुखुम्बुका एक महिलाका परिवारलाई २५ हजार आर्थिक सहायता गरेको छन् । मुटु, मृगौला, क्यान्सर, घाइते र प्राकृतिक प्रकोपबाट पीडितहरुका लागि संघले सहयोग गरेको सामाजिक सेवा विभागका संयोजक साङ्गे शेर्पाले जनाए ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho