ग्याल्जेन शेर्पाको उपचारपछि किदुगलाई जिम्मा !

मिङमार सार्की शेर्पा

२०७७ भाद्र २९, सोमबार


२९ भाद्र २०७७
काठमाडौं (शेर्पाखबर) । सिकिस्त विरामी ग्याल्जेन शेर्पाको विषयमा शेर्पाखबरमा समाचार प्रकाशन भएपछि उपचार शुरु भएको छ । नेपाल शेर्पा संघले उपचारको जिम्मा लिँदै शेर्पालाई वीर अस्पतालमा भर्ना गरेको हो । 
सोलुखुम्बु सोलुदुधकुण्ड १० लुम्साका शेर्पा लामो समयदेखि क्षयरोगबाट ग्रसित थिए । लामो समयमा विभिन्न अस्पतालमा उपचार गरेपनि निको नभएपछि उनी वीर अस्पताल भर्ना भएका थिए । आर्थिक अभावले अवस्था नाजुक हुँदै गएपछि विगत १५ दिनदेखि उनी वीरको भर्याङमुनि अलपत्र थिए । यस विषयमा शेर्पाखबरले रिपोर्टिङ गरेको थियो । तत्काल नेपाल शेर्पा संघले उद्धार गरी उपचार थालिएको संघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । 
यसैवीच ग्याल्जेन शेर्पाको उपचार र व्यवस्थापनका विषयमा पिके टाप्टिङ सेवा समाज, नेपाल शेर्पा संघ र ग्याल्जेनका दाई पासाङ शेर्पावीच छलफल भएको छ । आइतबार भएको त्रिपक्षीय छलफलमा उपचारको जिम्मा नेपाल शेर्पा संघले लिएको जानकारी दिए । त्यस्तै किदुग (समाज) ले उपचार पछि भरणपोषणको व्यवस्था मिलाउने र दाई पासाङले विरामीको नियमित रेखदेख गर्ने सहमति भएको संघका कोषाध्यक्ष काजी शेर्पाले जानकारी दिए । ‘उपचारको सम्पूर्ण जिम्मा शेर्पा संघले लिएको छ । तर, पछि कसरी व्यवस्थापन गर्ने भन्ने खड्कीएको अवस्थामा किदुगले त्यसको जिम्मेवारी लिने भएपछि सहज भएको छ ।’ कोषाध्यक्ष शेर्पाले भने ।
त्यस्तै, किदुगले शेर्पाको जीविकोपार्जन र पुनस्थापनाको लागि सहयोग संकलन अभियान शुरु गरेको छ । अध्यक्ष दावा शेर्पाका अनुसार समाजमा आबद्ध सदस्यहरुबाट स्वऐच्छिक सहयोग संकलन गरेर ग्याल्जेन शेर्पाको लागि सहयोग जुटाईरहेको जानकारी दिए । 
त्यस्तैगरी ग्याल्जेन शेर्पाको उपचार भइरहेको सन्दर्भमा विभिन्न ंसंघसंस्था र व्यक्तिहरुले विरामीलाई सिधै आर्थिक सहयोग समेत उपलब्ध गराएका छन् । उनलाई उपचारका लागि सिधै रकम हस्तान्तरण गर्दा सदुपयोग नहुने संशय छाएपछि एकद्धार प्रणालीबाट सहयोग गर्न आह्वान गर्ने समेत त्रिपक्षीय वैठकले निर्णय गरेको छ । 
जस अनुसार सहयोग रकम किदुग वा संघसँग समन्वय गरेर मात्रै हस्तान्तरण गर्न शुभेच्छुकहरुसँगै तीनै पक्षले आग्रह समेत गरेको किदुगका कोषाध्यक्ष ङावाङ फूरी शेर्पाले जनाए । उपचाररत ग्याल्जेन शेर्पाको अवस्था सुधारोन्मूख रहेको अस्पताल स्रोतले जनाएको छ । 
 

 

Pike Solukhumbu Tapting Samaj Sewa Solukhumbu Nepal

ग्याल्जेन शेर्पा पुनस्थापन चन्दा अभियान

यस पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठ्माडौंको सदश्य तथा सोलुदुधकुण्ड न. पा. का वडा नः १० लुम्सा निवाशी श्री पासाङ शेर्पा ज्युको भाई करिब ५० वर्षको ग्याल्जेन शेर्पा बिरामी भै अलपत्र अवस्थमा बिर हस्पिटलको भार्यङ मनु रहेको समचार अनलाईन शेर्पा खबर पत्रिका मर्फत २०७७-०५-२५ गते बेलुका हामीलाई जानकारी भएको र त्यही समचारबाट उहाँलाई शेर्पा सङ्घ नेपालले उद्धर गरेको भन्ने कुरा पनि सुन्नमा आएकोले, मिति २०७७-०५-२६ गते शुक्रबार कार्यसमितिको केहि सदश्यहरु जम्मा भै छलफल गर्दा, पहिला उहाँको तत्कालिन अवस्थ बुझ्ने र के कसरी अघि बड्ने सल्लहा गर्ने निर्णय आनुसार, हिजो मिति २०७७-०५-२८ गते कार्यसमिति सदश्यहरु र शेर्पासङ्घको पदाधिकारीहरुसँङ छलफल गरेका थियौं । सो छलफलको निर्णय आनुशार, उहाँको उपाचारमा हस्पिटलमा लाग्ने सम्पुर्ण खर्च शेर्पा सङ्घले ब्याहोरने र उपाचारपछि उहाँलाई खाने-बस्नेको ब्यावस्था पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठ्माडौंको सम्योजनमा गर्नु पर्ने हुन्दा, यस सस्थाले उहाँको पुनस्थापनको लागी सम्पुर्ण सस्थाको सदश्य ज्युहरु र अन्य शुभचिन्तकहरुबाट चन्दा सङ्कलन गर्ने निर्णय गरेका छौ।

उहाँ यस सस्थामा सदश्य पनि नभएको र गाउँलेहरुको सम्पर्कमा पनि नभएकोले सुरुमै हामीलाई जानकारी नभएको व्याहोर पनि सबैलाई जानकारी गरौंन चहान्छौ । कोठाको भाडा धेरै महिनाको नतिरेकोले साहुले कोठाबाट पनि निकाली दिएकोले, हस्पिटलबाट दिस्चर्ज भएपछि कोठाको ब्यावस्था गरिदिनु पर्ने र केहि समयसम्म खानको पनि ब्यावस्था गरिदिनु पर्ने हुन्दा चन्दा सङ्कलन गर्ने लागेको जानकारी गरौंन चहान्छौ । ब्याक्तिगत रुपमा चन्दा दिन्दा पैसा अपचलान हुने ठुलो जोखिम देखिएकोले पनि सस्थाको सम्योजनमा गर्ने निर्णय गरेका हौं । केहि माहनुभावले हस्पिटल मै जानु भै केहि रकम सहायोग गरेको र त्यो रकम एक दुई दिन मै अपचलान भै सकेको हाम्रो जानकारीमा आएको पनि यहाँहरुलाई भन्न चाहान्छौ ।

सस्थाले सम्पुर्ण चन्दा दाताको बिवारण राख्ने र सङ्कल भै सकेपछि यही पेजमा दाताहरुको बिवारण पोष्ट गरिने छ । साथै उहाँलाई गरिने खर्चको हिसाब किताब छुट्टै र परदर्सि हुने प्रतिबद्धता ब्याक्ता गर्दछौ ।

आशा छ, हाम्रो अभियान सबैको साथ हुने छ र हाम्रो समाज हुने यस्ता खाले समश्याको समधान गर्न हामी जहिले पनि एक जुड हुने छौ ।

चन्दा दाताहरुले सम्पर्क गर्नु पर्ने कार्यसमितिका सदश्यहरु

अध्याक्ष दावा शेर्पा ९८१८५७२५९९ (टाप्टिङ)

उपा अध्याक्ष सेर शेर्पा ९८४१५५३७२४ (लुम्सा)

उपा अध्याक्ष कर्मा शेर्पा ९८४१३०२७०७ (छ्याङ्बा)

महासचिप अम्बर तामाङ ९८४१४५४४६२ (लुम्सा)

कोष अध्याक्ष ङवाङ फुरि शेर्पा ९८४१०१५८४६ (खाम्दिङ)

गोम्बु शेर्पा सदश्य ९८४९३०७७१२ (छ्याङ्बा)

पेम्बा शेर्पा सदश्य ९८४१३५१०९२ (धिमिल)

पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठ्माडौंको

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho