ङावा शेर्पाको उपचारका लागि शेर्पा संघको सहयोग

मिङमार सार्की शेर्पा

२०७७ भाद्र २७, शनिबार


२७ भाद्र २०७७

काठमाडौं (शेर्पाखबर) । ओखलढुंगा लिखु गाउँपालिका, पोकलीका ङावा शेर्पाको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । नेपाल शेर्पा संघले शेर्पाको उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 
अमेरिका शेर्पा संघले संकलन गरेको सहयोग रकमबाट संघले राहत उपलब्ध गराएको हो । दैविक, प्राकृति प्रकोप तथा विभिन्न जटिल समस्या परेकाहरुको उद्धार, उपचार र राहतमा सहयोग गर्ने हेतुले अमेरिका शेर्पा संघले सहयोग संकलन गरी नेपाल शेर्पा संघको समन्वयमा वितरण गर्ने निर्णय भएको थियो । 
रुखमा किचेर गम्भिर घाइते भएका शेर्पाका राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनको तेस्रो पटक खुट्टाको शल्यक्रिया गरेको संघका पूर्व केन्द्रीय सदस्य तेण्डी शेर्पाले जानकारी दिए । काठ काट्दा पहिरो गएर ङावा र साङ्गे शेर्पा घाइते भएका थिए ।

साङ्गेको अवस्था भने सामान्य रहेको पनि शेर्पाले जनाए । नेपाल शेर्पा संघ आपतकालिन राहत कोषबाट शेर्पाको उपचारका लागि सहयोग गरेको केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । सहयोग हस्तान्तरण गर्न नेपाल शेर्पा संघका केन्द्रीय सचिव लाक्पा जी शेर्पा, ओखलढुंगा शेर्पा संघका अध्यक्ष पेम्बा शेर्पा र अभियान्त तेण्डी शेर्पा पुगेका थिए । उनका उपचारका लागि स्थानीय छेपाल शेर्पाले आर्थिक संकलन पहल गरिरहेको जनाएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho