उच्च शिक्षा हासिल गर्न शेर्पा किदुग, अमेरिका छात्रवृत्ति 

शेर्पाखबर

२०७७ भाद्र २२, सोमबार


काठमाडौं (शेर्पाखबर) । युनाइटेड शेर्पा एसोसिएशनले उच्च शिक्षा हासिल गर्ने शेर्पाहरुका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । स्नातक र स्नातकोत्तर अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने हेतुले सूचनामार्फत आवेदन माग गरेको हो । 
पत्रकारिता, कानून र बौद्ध दर्शन विषयमा अध्ययन गर्न चहानेहरुका लागि संघले बार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आएको थियो । ‘विगत केहि वर्षदेखि नेपालका विभिन्न क्षेत्रमा अध्ययनरत कमजोर आर्थिक अवस्था भएका, जेहेन्दार, मेधवी र उच्च शिक्षा हासिल गर्न ईच्छुक शेर्पा विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदै आईरहेको कुरा यहाँहरुलाई अवगतै छ ।’ सूचनामा उल्लेख छ ।  
कार्यक्रमको निरन्तरता दिने उद्देश्यले आगामी शैक्षिक सत्रको लागि ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिने लागेको किदुगले जारी सूचनामा उल्लेख गरेको छ । ६ जना विद्यार्थीले बार्षिक १ हजार अमेरिकी डलर छात्रबृत्ति प्राप्त गर्ने छात्रवृत्ति समितिका संयोजक पालजर शेर्पाले जानकारी दिए । 
छात्रवृत्ति प्राप्त गर्न शेर्पा विद्यार्थीहरुले विभिन्न मापदण्ड पूरा गरी आगामी अक्टोवर ३१ सम्ममा आवेदन दिनुपर्ने हुन्छ । किदुगले पत्रकारिता,  कÞानून र  बौद्ध शिक्षा र बौद्धदर्शन तहमा स्नातक, स्नातकोत्तर एक एक जनालाई छनौट गरिने छ । आवेदनका साथमा व्यक्तिगत विवरण र हालसालै खिचिएका पासपोर्ट साईजकोे फोटो , नागरिकताको प्रमाण–पत्र प्रतिलिपि, शैक्षिक योग्यताको सबै खाले प्रमाणपत्र र मार्कसिटहरुको प्रमाणित प्रतिलिपिहरु, व्यक्तिगत कार्ययोजना, आर्थिक अवस्था कमजोर भएको सम्बन्धित निकायले प्रमाणित सिफारिस पत्र संलग्न राख्नु पर्ने उल्लेख गरेको छ । 
संलग्न प्रमाणहरुका प्रतिलिपिहरु प्रमाणित गरिएको हुनु पर्ने, जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई प्रथामिकता दिइने जनाएको छ । 
संस्थाले यसअघि पनि शेर्पा विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका थिए । उनीहरु उच्च शिक्षा हासिल गरिरहेका छन् भने कतिपय पढाई पूरा गरेर रोजगारीमा सामेल भइसकेका छन् ।

यस कार्यक्रममा सहभागि हुन निम्नाव्यक्तिहरुहरु र माध्यमबाट सम्पर्क गर्न सकिनेछ । 

१.पालजर शेर्पा-संयोजक (भण्डार-रामेछाप) +1 (347) 849-1004
२.ई.तेम्बा  शेर्पा -सह- संयोजक (केरूड॰ - सोलुखुम्बु )+1(917) 470-8393
३. ङवाङ थम्जेन शेर्पा- सदस्य (खुम्जुङ, सोलुखुम्बु), +1 (929) 328-5452
संपूर्ण पत्रचारहरु निम्नलिखित ईमेल र ठेगानामा गर्न सकिनेछ।
United Sherpa Association (USA), Inc. 
41-01 75 Street 
Elmhurst, New York 11373
Email : sherpakyidug@gmail.com
Website: www.sherpakyidug.org

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho