सालाका (शेर्पा) कृषि फार्म, देशकै नमुना !

लाक्पा जी शेर्पा

२०७७ भाद्र १५, सोमबार


लाक्पा जी शेर्पा
१५ भदौ, २०७७
सोलुखुम्बु (शेर्पाखबर) । राजधानीको सुन्दरीजलमा १ सय  ७ रोपनीको क्षेत्रफलमा सालाका कृषि तथा ट्रेनिङ सेन्टर सञ्चालनमा छ । ७ बर्षअघि स्थापना भएको फार्मका सञ्चालक हुन, आङ फूर्वा शेर्पा ।
लामो समय मजदुरीका लागि भारत र पछि वैदेशिक रोजगारीका सिलसिलामा इजरायल पुगेका शेर्पाले इजरायलमा कृषि कर्ममा काम पाए । त्यहाँ ५ बर्षसम्म काम गरेर सिकेका सीपलाई यतिवेला उनले नेपालमा नै सदुपयोग गरेका छन् । ३८ बर्षिय शेर्पाले १ करोड २० लगानी गरेको फार्ममा १ सय १५ बढी गाई, १० वटा टनेला तरकारी र घाँस खेती छन् । फार्मका वरिपरि धान रोपेका छन् । फार्मभित्र प्रत्यक्ष रुपमा २१ जनाले रोजगारी पाएका छन् । त्यस्तै, अप्रत्यक्ष रुपमा बजार लगायत हेर्ने काम थुप्रैले पाएका छन् । 
फार्ममा अहिले ७ करोड भन्दा बढी लगानी देखिन्छ । यतिवेला मिल्क पालर, पोष्ट हार्वेट कम्पोष्टका लागि ठाउँ पनि बनाइराखेका छन् । फार्मका साथमा दाना उत्पादनपनि आफै गर्छन । घाँस खेती आफ्नै भएकाले गाईहरु स्वस्थ छन् । ‘दाना र भुसले मात्रै पनि हुन्छ तर हामीले आफैले घाँस खेती गरेर पौष्टिकयूक्त दुध उपभोक्तालाई खुवाई राखेका छौं ।’ सञ्चालक आङ फूर्वा शेर्पाले भने ‘यसबाट मानव स्वास्थ्यलाई समेत राम्रो फाइदा त पुग्छ नै गाईलाई पनि कुनै रोगहरु लाग्दैन ।
तीन जना दाजूभाई मिलेर व्यवसाय सञ्चालन गरिरहेको सलाका कृषि फार्मले बार्षिक कराडौं आम्दानी गरिरहेका छन् । ‘दिदि, भिनाजूलाई पनि यहीँ रोजगार मिलेको छ । दाईका छोराछोरी पनि फुर्सदमा यहीँ काम गर्छन् ।’ सञ्चालन शेर्पाले भने ‘रोजगारीका लागि अन्यत्र भौतारिनु परेको छैन । हामी खुसी छौं ।
उनले अर्गानिक उत्पादन र विक्रीवितरण गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताए । त्यही अनुसार काम गरिरहेको उनले प्रष्ट्याए । उनले बौद्ध नयाँवस्तीमा रहेको आफ्नो घरको रंग समेत हरियो रंगले नै पोतेका छन् । ‘अर्गानिकको प्रतिक स्वरुप घरको रंग नै छुट्टै छ । सरकारले समेत हामीलाई अर्गानिक प्रमाणित प्रमाण पत्र दिइसकेको छ ।’ शेर्पाले थपे ‘अर्गानिकको बजारमा अत्याधिक माग छ । माग पूरा गर्न सकिराखेको छैनौं । विचौलियासमेत खोज्नु परेको छैन । उपभोक्तासम्म सामाग्री पुर्याउने काम दाईले गर्नु हुन्छ ।’
कृषि कर्मबाट मुलुकको समृद्धी र बेजोरगार समस्या समाधान गर्नेमा शेर्पा विश्वास्त छन् । राज्यमा नीतिहरु बनेपनि वास्तविक रुपमा कार्यान्वयन हुन नसकेको प्रति शेर्पाको गुनासो छ । शेर्पा भन्छन् ‘यहाँ कागजमा गाई पाल्नेहरु थुप्रै छन् । हामी फार्म सञ्चालकसम्म राज्यको नजर पुग्दैन ।’
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho