शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन

शेर्पाखबर

२०७७ भाद्र ९, मंगलबार


 शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा शेर्पा संघ वेलायतका आङ दावा शेर्पाले जानकारी दिए । 


गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।

एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन ।

भूतपूर्व गोर्खा सैनिक रहेका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । उनका बुबाआमा भने नेपालमै छन् । 
यसैवीच विश्वभर रहेका शेर्पा संघ संगठनहरुले शेर्पाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । 
शेर्पाहरुको छाता संगठन नेपाल शेर्पा संघले एक विज्ञप्ति जारी गर्दै शेर्पाको निधनले समुदायमा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ । केन्द्रीय सचिव लाक्पा जी शेर्पाद्धारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ ‘शेर्पा समुदायको हकहित, अधिकार, भाषा, संस्कृतिको संरक्षण विकास र समाजलाई एकताबद्ध बनाउँदै अघि बढाउने क्रममा स्व. शेर्पाले पुर्याउनु भएको योगदानको शेर्पा समुदाय तथा सिंगो मानव जगतले सदासम्मान गर्दछ ।’
संघले स्व. शेर्पाले समुदायमा पुर्याएको योगदानको समेत वक्तव्यमा चर्चा गरेको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho