संस्थापकको सम्झनामा शेर्पा गुम्बामा रक्तदान

शेर्पाखबर

२०७७ श्रावण १६, शुक्रबार


१६, साउन २०७७
काठमाडौं (शेर्पाखबर) । शेर्पा सेवा केन्द्रका संस्थापक अध्यक्ष आङ दोर्जि लामा शेर्पाको २८ औं स्मृती दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको छ । शेर्पा गुम्बा परिषरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । 
रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका ५० जना बढीले रक्तदान गरेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सोनाम छोटी शेर्पाले जानकारी दिइन् । गुम्बाले संस्थापक शेर्पाको सम्झनामा बार्षिक रुपमा रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आएका छन् । नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमा कार्यक्रम आयोजना गरिएको आयोजक मध्येका निमा दोर्जि शेर्पाले जानकारी दिए ।
शेर्पा गुम्बा शेर्पा समुदायको पुरानो र अग्रणी संस्था मानिन्छ । राजधानीको बौद्धमा शेर्पा केन्द्र अवस्थित छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho