शेर्पा संघद्धारा पीडितहरुलाई सहयोग हस्तान्तरण

लाक्पा जी शेर्पा

२०७७ श्रावण १५, विहिबार


१५ साउन, २०७७
काठमाडौं (शेर्पाखबर) ।
नेपाल शेर्पा संघ, आपतकालिन राहत कोषबाट विभिन्न व्यक्तिहरुलाई सहयोग हस्तान्तरण गरेको छ । बाढी पहिरो, दीर्घरोग पीडितहरुलाई संघमा आयोजित एक कार्यक्रमकावीच सहयोग रकम हस्तान्तरण गरेको हो । 
सिन्धुपाल्चोक भोटेकोसीका बाढी पीडित गेन्जेन शेर्पाका परिवारलाई १ लाख, इलामकी बोन म्यारो रोग पीडित मिङमा ल्हमु शेर्पालाई ५० हजार र रामेछापका आगोमा परि गम्भिर घाइते भएका नौ महिने बालक पासाङ शेर्पालाई ५० हजार सहयोग गरेको हो । 
 

संघका केन्द्रीय कार्यालयमा पीडित परिवार र संघका प्रतिनिधी मार्फत अध्यक्ष गेल्जे लामा शेर्पाले चेक हस्तान्तरण गरे । कार्यक्रममा नेपाल शेर्पा संघ, आपतकालिन राहत कोष कार्यविधि २०७७ अनुसार विभिन्न क्षेत्रमा कोषमा सहयोग संकलन भइरहेको र पीडितहरुलाई सहयोग गर्ने नीति लिइएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
सिन्धुपाल्चोकका गेन्जेन शेर्पाका ५ जना परिवार असार ३१ गते घरमाथिबाट आएको पहिरोमा परि ज्यान गुमाएका थिए । मिङमा लमु शेर्पा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालमा उपचारत छन् भने आगोमा परि गम्भिर घाइते पासाङ शेर्पा जोरपाटीको खाङरी अस्पतालमा उपचार गरीरहेका छन् । संघले मृतक परिवारलाई सान्त्वना स्वरुप समावेदना पत्र र विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सन्देश समेत पठाइएको छ । 
यसैबीच राहत कोषमा निवर्तमान अध्यक्ष इन्जिनियर आङ दोर्जी शेर्पाले १ लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, विभिन्न व्यक्ति तथा पदाधिकारीबाट समेत राहत जम्मा गर्ने काम भइरहेको कोषाध्यक्ष आङ काजी शेर्पाले जानकारी दिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho