शेर्पाको अगुवाईमा मोलुङ गापामा राहत विरतण 

शेर्पाखबर

२०७७ श्रावण १२, सोमबार


साउन ११, २०७७, ओखलढुंगा (शेर्पाखबर) । मध्यपुर रोटरी क्लबले वन्दाबन्दीबाट प्रभावित पात्लेका विद्यार्थीका परिवारलाई खाद्यान्न सहयोग गरेको छ । स्थानीय छेपाल शेर्पाको पहलमा मोलुङ गाउँपालिका वडा नं. ७ का १ सय ५५ परिवारलाई खाद्यान्न स्वरुप ३० केजीका दरले चामल वितरण गरेको हो । 
मध्यपुर रोटरी एसएनए आरमाई डिष्ट्रीक ३२९२, नेपाल÷भुटान÷रोटरी फ्रन न्यूलोन अलिस स्प्रीङ आरआई डिष्ट्रिक ९५००, अस्ट्रेलियाको संयुक्त सहयोगमा खाद्यान्न सहयोग गरिएको मध्यस्तकर्ता छेपाल शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार लकडाउनको मारमा परेका विद्यार्थीका परिवारलाई केही सहयोग पुगोस भन्ने हेतुले खाद्यान्न सहयोग गरिएको बताए ।
कोभिड १९ कोरोना भाईरसको संक्रमणवाट बच्नका लागि साबुन पानी हातधुन पे्ररित गर्ने हेतुले वडाको तालकोट बजार, देछेन छ्योलिङ सेन्डुप गुम्वालाई र तालकोट सामुदायिक स्वास्थ्य इकाईलाई १ हजार लिटर क्षमताको ३ थान ड्रम पनि उपलब्ध गराईएको छ । केही समय अगाडी तालकोट बजार नजिकै विदेशीदाताको करिब ३५ लाखको सहयोगमा भूमेस्थान आविमा ५ कोठे शौचालय सहित २ कोठे विद्यालय भवन समेत निर्माण गरिएको छ । हाल उक्त विद्यालयमा बालकक्षादेिख कक्षा ३ सम्म ३८ बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
शनिवार मोलुङ गाउँपालिका वडा नं. ६ को श्रीचौर वजारमा मोलुङ– ७ पात्लेका वडा अध्यक्ष हेम बहादुर सुनुवार र वडा सदस्य वाङ्डा शेर्पाको उपस्थितीमा खाद्यान्न हस्तान्तरण गरे । खाद्य सामाग्री हस्तान्तरण पश्चात वडा अध्यक्ष सुनुवारले लकडाउनको मारमा परेका विद्यार्थीका परिवारलाई खाद्य सामाग्री उपलब्ध गराएर शेर्पाले मानवीय सेवा क्षेत्रमा योगदानको चर्चा गरे । उनले वडाको तर्फबाट सहयोगीदातालाई धन्यवाद समेत ज्ञापन गरे । 

विएन श्रेष्ठको सहयोगमा

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho