वेरुजु फच्र्यौटमा खिजीदेम्मा गापा अगाडी

शेर्पाखबर

२०७७ श्रावण ९, शुक्रबार


ओखलढुंगा । स्थानीय तहको वेरुजु फच्र्यौट गर्ने सूचिमा यहाँको खिजीदेम्बा गाउँपालिका अघि देएिखका छन् । अघिल्ला आर्थिक वर्षहरुको तुलनामा आव २०७५/०७६ मा गाउँपालिकाले वेरुजु फच्र्यौटमा उल्लेख प्रगति हासिल गरेको हुन ।  ओखलढुंगाका अन्यको बेरुजु रकममा उल्लेख्य सुधार आउन सकेको छैन । स्थानीय तहको निर्वाचनपछि बेरुजु अनापेक्षित रुपमा बढेको थियो । 
दुई आर्थिक वर्षसम्म बेरुजुको विषयलाई लिएर समाचार प्रकाशन र प्रसारण भएको थियो । सरोकारवालाले जनप्रतिनिधि र कर्मचारीको आर्थिक अनियमितताको विरोध गरेका थिए । यसबाट पनि बेरुजु सुधार भएको मानिन्छ । 
महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको लेखापरिक्षण प्रतिवेदनमा २०७५÷०७६ मा मनग्गे सुधार भने देखिएन । यसपटक पनि करोडको अंकमा बेरुजु रकम देखिन्छ ।
मलेपको लेखापरीक्षण प्रतिवेदन अनुुसार सबैभन्दा बढी ४ करोड ६२ लाख १४ हजार चम्पादेवी गाउँपालिकाको बेरुजु देखिएको छ । सबैभन्दा कम खिजीदेम्बा गाउँपालिकाको ४४ लाख ४० हजार बेरुजु रकम देखिन्छ ।
आठै स्थानीय तहको कुल बेरुजु रकम १५ करोड ४५ लाख ८४ हजार रहेको छ । अघिल्लो वर्ष ३७ करोड ९९ सय लाख ४८ हजार कुल बेरुजु रहेको थियो । स्थानीय तहको आयतर्फ वार्षिक सबैभन्दा बढी सिद्धिचरण नगरपालिकाको ६० करोड ४५ लाख ५९ हजार र सबैभन्दा कम लिखु गाउँपालिकाको २९ करोड ८ लाख २७ हजार देखिन्छ ।
अन्य विकासका आयोजना अन्तर्गत साँघुटार ओखलढुंगा कुइभीर सडक आयोजनाको १५ किलोमिटर ग्राभेल सडक निर्माण गर्न २५ करोड विनियोजन भएपनि ७ करोड २५ लाख मात्र खर्च भई केही संरचना निर्माण गरेपनि ग्राभेलस्तरको सडक निर्माण नभएको उल्लेख छ ।
चम्पादेवी गाउँपालिकाले अवण्डा रकम अन्तर्गत भैपरी आउने शीर्षकमै १ करोड ३५ लाख र विपद् व्यवस्थापनमा २५ लाख बजेट छुट्याएकोमा १ करोड ४६ लाख खर्च भएको देखाएको छ । अवण्डा रकम विनियोजन गरि कार्यपालिकाको निर्णयमा खर्च गर्ने प्रक्रिया नियन्त्रण गर्नुपर्ने मलेपाको सुझाव छ ।
चम्पादेवी गाउँपालिकामै सीमाभन्दा बढी रकम उपभोक्ता समिति मार्फत काम गरेको देखिएको छ । कूल १ करोड ३५ लाखको बजेट टुक्राटुक्रा बनाई भाँगदेखि दुम्सेखोला घोराखोरीसम्म दुईवटा उपभोक्ता समिति गठन गरि निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ ।


 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho