शेर्पाको रगत परीक्षण गर्न लैजाने विषयप्रति शेर्पा संघको चासो

लाक्पा जी. शेर्पा

२०७७ श्रावण ९, शुक्रबार


लाक्पा जी. शेर्पा
७ साउन, २०७७
काठमाडौं (शेर्पाखबर) ।
नेपाल शेर्पा संघले विभिन्न सञ्चारमाध्यममार्फत प्रकाशमा आइरहेको शेर्पा समुदायको रगत परीक्षणका लागि अमेरिका लैजाने विषयमा चासो व्यक्त गरेको छ । संघको सचिवालय वैठकमा यसबारे कडा रुपमा आवाज उठेको हो ।
बैठकमा छलफलका विषय नभएपनि सचिवालय सदस्यहरुले यसबारेमा संघको आधिकारिक धारणसहित प्रष्ट हुनुपर्ने आवाज उठेपछि महासचिव लाक्पा शेर्पाले यस विषयमा प्रष्ट पारेका थिए । ‘सोलुखुम्बु खुम्बु क्षेत्रका २ हजार शेर्पाको रगत परीक्षणका लागि अमेरिका लैजाने भन्ने विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि हामीले चासो राखेका हौं । यस विषयमा त्यसभेगका बुद्धिजिविहरुसँग समेत अनौपचारिक छलफल भएको छ ।’ महासचिव शेर्पाले भने ‘राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्मा अमेरिकाको एक कम्पनीले यस सम्वन्धि फाइल पेश गरेको पाइयो ।’ यसमा शेर्पा समुदायकै प्राज्ञिक व्यक्तित्वको समेत संलग्नता रहेको प्रष्टयाउँदै शेर्पाले भने ‘विभिन्न क्षेत्रका डाक्टरहरुले प्रमाणित गरेर यो परियोजना स्वीकृतीका लागि एनएचआरसीमा पेश भएको रहेछ तर कोरोना कै कारण अहिले फाइल रोकिएको छ ।’ उनले अघि थपे ‘यसअघि पनि हामीले सोधिखोजि गरेका हौं ।’
वेरियण्ड वायो नामक कम्पनीले नेपालकै प्रोफेसर, विज्ञहरुसँगको साझेदारीमा खोज अनुसन्धान गर्न लागेको विषयलाई समुदायले गम्भिरतापूर्वक लिएको छ । शेर्पा सम्बन्धि अगुवा संस्थाहरुले कुनैपनि जातिको वंशाणुगत गुण बारे अनुसन्धान गर्दा त्यस समुदायलाई पर्ने असर र यसको सुरक्षा संवेदनशीलतालाई बढी ध्यान दिनुपर्नेमा जोड दिएका छन् । ‘बर्षौंदेखि कुनै निश्चित ठाउँमा वसोवास गरेपछि त्यहाँ एक प्रकारको ‘जिन’ को विकास समुदायमा हुन्छ । शेर्पाहरुमा पनि हिमाली क्षेत्रमा सदियौं बर्षदेखि बसोवास गरेकाले आफ्नै खाले विशेषता छ । त्यसमाथि अनुसन्धान गर्दा पर्ने असर, सुरक्षा नीतिका बारेमा प्रष्ट रुपमा छलफल हुनुपर्छ ।’ प्रवक्ता शेर्पाले भने ‘तर खोज, अनुसन्धान गर्ने कार्यलाई भने सकारात्मक रुपमा लिनुपर्छ ।’

वैठकमा उपाध्यक्ष आङलमी शेर्पाले आदिवासी शेर्पा समुदायमा भएको पहिचान, अस्तित्वको सवाल उठ्ने यस्ता गम्भिर विषयमा संघको आधिकारिक धारण आउनुपर्नेमा जोड दिए । कुनैपनि जातिको अस्तित्वमाथि नै परीक्षण गरेर हामीमा भएको क्षमता पत्ता लगाउने काम राम्रो नभएको वताउँदै उपाध्यक्ष शेर्पाले भने ‘गोपनियता, सुरक्षा र मापदण्डका कुराहरुलाई हेर्नुपर्ने हुन्छ । कसै परियोजना चलाएर फाइदा दिनका लागि हामीले आफ्नो रगत जस्तो संवेदनशील वस्तु दिनु राम्रो होइन ।’
बरिष्ठ उपाध्यक्ष ङावाङ सोनाम शेर्पाले अन्तर्राष्ट्रिय कानून, सन्धीहरुले रगत परीक्षणका बारेमा किटानका साथ व्यवस्था गरेकाले त्यसलाई कडाईका साथ परिपालना गराउन शेर्पा संघले भूमिका खेल्नुपर्नेमा जोड दिए । ‘त्यो कार्य किन भइरहेको छ ? त्यसले शेर्पा समुदायमा दीर्घकालिन रुपमा कस्तो खाले असर पार्छ ? यसबारेमा गम्भिर रुपमा अध्ययन गर्नुपर्ने हुन्छ । क्षणिक लालचामा फसेर हामीले रगत दिनू राम्रो होइन ।’ शेर्पाले भने । 
 

कोरोना स्वासप्रश्वाससँग सम्वन्धित लक्षण बढी देखिएको र शेर्पाहरु उच्च हिमाली क्षेत्रमा वस्ने र अन्य जातिको भन्दा फोक्सोको क्षमता राम्रो भएकाले परीक्षण गर्न लैजान लागेको हवाला फैलाइएको छ । रगत परीक्षणका लागि लैजाँदा व्यक्तिको स्वास्थ्यमा पर्ने असर, जीवन विमा, स्वाथ्योपचार लगायतका विषयमा परियोजनाले संबोधन गर्ने भनिएको अध्यक्ष गेल्जे लामा शेर्पाले वैठकलाई जानकारी दिए । 
संघले यस कार्य अघि बढाउनु पूर्व अन्तर्राष्ट्रिय कानून, जातिको गोपनियता, सुरक्षा, मानवअधिकार लगायतका विषयमा प्रष्ट हुन भन्दै स्वास्थ्य मन्त्रालय र माताहतका निकायलाई पत्रचार गर्ने समेत निर्णय गरेको छ । 
यस विषयमा खुम्बु पासाङ ल्हमु गाउँपालिकाले पनि एक विज्ञप्ति जारी गर्दै आफूहरुलाई कुनै जानकारी नदिई परियोजना अघि नबढाउन भनेको छ । प्रवक्ता लाक्पा छिरी शेर्पाले एक विज्ञप्ति जारी गर्दै यसप्रति सम्वन्धित निकायको ध्यानाकर्षण गराएको हो । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho