चेपाङ वस्तीमा आगो लगाइएकोमा शेर्पा संघको विरोध

मिङमार सार्की शेर्पा

२०७७ श्रावण ६, मंगलबार


मिङमार सार्की शेर्पा
६ साउन २०७७ 

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले चितवनको चेपाङ वस्तीमा आगो लगाउने र हात्ती लगाएर घर भत्काउने कार्यको भत्र्सना गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै चेपाङ समुदायलाई पुनः स्थापना र वसोवासको व्यवस्था मिलाउन माग गरेको हो । साउन ४ गते आइतबारका दिन चितवन जिल्लाको माडी नगरपालिका ९ मा रहेको चेपाङ बस्तीमा चितवन राष्ट्रिय निकुञ्जमार्फत आगो लगाउँदै हात्ती प्रयोग गरेर अमानवीय ढंगले घरहरु भत्काउने कार्य भएकोमा थियो ।
महासचिव तथा प्रवक्ता लाक्पा शेर्पाद्धरा हस्ताक्षर गरी जारी विज्ञप्तिमा घटनाले नेपाल सरकार ‘अन्तर्राष्ट्रिय कानून र सन्धीअभिसन्धीले आदिवासी जनजाति समुदायलाई प्रदान गरेको अधिकारको बर्खिलापमा निरन्तर रुपमा उद्दत् रहेको’ आरोप छ । सरकारी निकायले आदिवासीहरुको विभिन्न अधिकारहरु कुनै न कुनै रुपमा हनन् गरिरहेका उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘चाडपर्व, भूमि माथिको स्वामित्व र अधिकार, भाषिक, साँस्कृतिक, धार्मिक, राजनैतिक अधिकार सहितको हाम्रो पहिचानमाथि बारम्बार प्रहार गर्दै आएको छ ।’
राज्यमा सम्मानजनक प्रतिनिधित्वको सवलमा त राज्य झनै निर्मम् बन्दै गएको प्रति दुःख व्यक्त गर्दै संघले राज्यमा सबैको समान पहुँच बृद्धिका लागि आफूहरु निरन्तर संघर्षमा रहेको स्मरण गरे । २०७७ 
साँढे दुई दशकभन्दा पहिलेदेखि बसोबास गर्दै आएका सुकुम्बासी चेपाङहरुको स्वतन्त्र रुपमा बाँच्न पाउने संवैधानिक हकलाई वेवास्ता गर्दै सरकार आफैले संविधानको खिल्ली उडाएको छ । पिछाडि पारिएको चेपाङ समुदायमाथि सरकारले गरेको यसखाले अमानविय निकृष्ट हर्कतको हामी निन्दा गर्दछौं । राज्यको यस्तो निच व्यवहारले आदिवासी चेपाङ समुदायको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, महत्वपूर्ण कागजातहरु पूर्ण रुपमा नष्ट भएको छ । कोरोना महामरी र बाढीपहिरोको विपत्तिमा परेका चेपाङहरुलाई राहत दिनुको सट्टा उल्टै घरबार विहिन बनाएर सरकारको नश्लिय चरित्र उदाङ्गोे भएको छ । 

‘यस घटना, नेपाल सरकारले अंगिकार गरेको विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, मूल्य मान्यताको मर्मलाई उल्लङ्घन गर्दै मानवअधिकारको पूर्ण खिलापमा छ ।’ प्रवक्ता शेर्पाले भने ‘घटनाको छानविन गरी दोषी उपर कारवाही गर्दै निर्दोष चेपाङहरुलाई उचित व्यवस्थापन, पुनः स्थापना गर्न जोडदार माग गर्दछ ।’ घटनाको वेवास्ता गरेमा नेपाल आदिवासी जनजाति महासंघको अगुवाईमा हुने आन्दोलनमा  सहभागि भई संघपनि कडा रुपमा उत्रने, यसखाले घटना पुनः दोहोरिएमा स्वीकार्य नहुने अध्यक्ष गेल्जे लामा शेर्पाले चेतावनी दिए । 

संघले आदिवासी जनजाति समुदायको अधिकारको सन्दर्भमा नेपाल सरकारले पटक–पटक देखाएको कार्यप्रति मानवअधिकार, पत्रकार, नागरिक समाजको ध्यानाकर्षण गराएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho