शेर्पा संघ आपतकालिन राहत कोष स्थापना

लाक्पा जी शेर्पा

२०७७ श्रावण ४, आईतबार


लाक्पा जी शेर्पा
४ साउन, २०७७
काठमाडौं (शेर्पाखबर) ।
नेपाल शेर्पा संघले आपतकालिन राहत कोषको स्थापना गरेको छ । सचिवालयको तेस्रो वैठकले कोष स्थापना गर्ने निर्णय गरेको हो । 
कोषमा स्वऐच्छिक सहयोग र सचिवालयका सदस्य पदाधिकारीबाट संकलित रकमबाट तत्काल सिन्धुपाल्चोकका बाढी पीडित र इलामका बोनम्यारो क्यान्सर पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । 
‘पहिरोमा परि ज्यान गुमाएका सिन्धुपाल्चोकका भोटेकोसी गाउँपालिका, फुल्पीङकट्टीका गेन्जेन शेर्पाको परिवारलाई १ लाख र क्यान्सर पीडित इलामकी मिङ्मा ल्हमु शेर्पालाई ५० हजार नगद सहयोग गर्ने निर्णय भएको छ ।’ अध्यक्ष शेर्पाले भने ‘दैविक प्रकोप, प्राकृतिक विपती र महामारी लगायतका कारण समस्यामा परेकालाई आर्थिक सहयोग गर्ने हेतुले कोष स्थापना गरेका छौं ।’
अध्यक्ष शेर्पाले २ लाख रुपैयाँ सहयोग जम्मा गरेको कोषमा तत्कालै संघका पदाधिकारी, सचिवालय सदस्यहरुले स्वऐच्छिक सहयोग घोषणा गरेका थिए । 
 

सचिवालय वैठकले संघका विधान बमोजिम अध्यक्षले मनोनयन गर्न पाउने केन्द्रीय सदस्यको कोटामा सोलुखुम्बुका दावा फिन्जो शेर्पा र रामेछापका लाक्पा तेन्जी शेर्पालाई मनोनयन गरेको प्रवक्ता तथा महासचिव लाक्पा शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
त्यस्तै, भाषा विभाग प्रमुख किशोर शेर्पाको अगुवाईमा केन्द्रीय कार्यालयमा पुस्ताकालय स्थापनाका लागि कार्य अघि बढाउने, विभिन्न सरकारी निकायमा नियूक्त भएका शेर्पाहरुलाई बधाई ज्ञापन गर्ने, आपतकालिन कोष सञ्चालन कार्यविधि तयार गर्ने, लेखा परीक्षक नियूक्ति र टेलिभिजनमा शेर्पा भाषाको कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको शेर्पाले जानकारी दिए । 
 

यसैवीच संघले एक वक्तव्य जारी गर्दै राहत, उद्धार र सहयोग कार्यमा जुट्न माताहतका निकायलाई आह्वान गरेको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho