नेवानिमा फुर गेल्जेन शेर्पा नियूक्त

लाक्पा जी शेर्पा

२०७७ असार १६, मंगलबार


१६ असार, २०७७
काठमाडौं (शेर्पाखबर) । अल्टिच्युड एयरका अध्यक्ष फुर ग्याल्जेन शेर्पा नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियु्क्त भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शेर्पालाई सदस्यमा नियूक्त गरेको हो । 
शेर्पा यसअघि पर्यटन बोर्डका सदस्य थिए । टानका पुर्व महासचिव समेत रहेका शेर्पा सफल पर्यटन व्यवसायी हुन् । मन्त्रालयमा आइतबार बसेको बैठकले प्रकाश पौडेललाई पनि समितिमा नियुक्त गरेको हो ।
यसैवीच नेपाल शेर्पा संघले सदस्य नियूक्त भएका शेर्पालाई बधाई दिएको छ । अध्यक्ष गेल्जे लामा शेर्पाले एक बधाई सन्देश संप्रेशन गर्दै शेर्पाको नियूक्तीले नेपाल वायू सेवा निगमको व्यवस्थापन थप चुस्त हुने विश्वास व्यक्त गरे । पछिल्लो समय घाटाको व्यापार गरिरहेका निगमलाई उठाउन शेर्पाले विशेष भूमिका निर्वाह गर्नेमा आफूहरु विश्वास्त रहेको शेर्पाले जनाए । 
शेर्पाको नियूक्तीका विषयमा सञ्चारमाध्यममा आएका टिप्पणीका सम्वन्धमा पर्यटन मन्त्री योगेश भट्टराईले नियम संगत रुपमा योग्य र अनुभवि व्यक्तिलाई नेवानिको सञ्चालक समितिमा नियूक्त गरेको दाबी गरे । सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै मन्त्री भट्टराईले नेवानि उँधो गतिमा गईरहेको आरोपलाई छिचोल्न शेर्पालाई नियूक्त गर्नुपरेको समेत दाबी गरे ।

तस्वीरः सामाजिक सञ्जलबाट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho